सुर्खेत । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
१५ वर्ष पहिले कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीहरू विरूद्व पक्राउ पुर्जी जारी पुष्टि गरे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरी कार्यालय थप्छ ‘पुरानो घटनामा जाहेरी आएको छ, त्यसमा ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘यसमा अनुसन्धान गरिरहेका छौं ।’
२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।











