युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टिनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टिनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहत रहेका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ।

कोरोनाको सुरुवाती अवस्थामा नाकामा अलपत्र परेकालाई खाना खुवाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘हामीले खाना खुवाउने जिम्मा स्वास्थ्य कार्यालयलाई नै दिएका हौ,’ उनले दिनेशखबरलाई भने।

यस्तै सुदूरपश्चिम प्रदेश कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट थप साढे ३४ लाख खानामा खर्च भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त कोषमार्फत विभिन्न निकायलाई आर्थिक स्रोत उपलब्ध गराएको थियो। सोही रकमबाट जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयनमा खर्च हुने गरि त्रिनगर–गौरीफन्टा नाकामा पुगेका प्रदेशवासीलाई खाजा र पानी सहयोग गरेबापत दुई लाख ५० हजार भुक्तानी दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट नै स्वास्थ्य कार्यालय धनगढीले समेत थप ३२ लाख भुक्तानी लिएको छ। त्रिनगर नाका भएर भारतबाट फर्किका नेपाली नागरिकलाई खाना, खाजा र पानीको व्यवस्था गरेबापत स्वास्थ्य कार्यालयलाई ३२ लाख भुक्तानी दिएको मन्त्रालयले जनाएको छ।

विभिन्न होटलमार्फत खाना खुवाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। ‘नाकामा अलपत्र परेका नागरिकलाई तीन वटा होटलमार्फत खाना खुवाइएको हो,’ उनले दिनेशखबरलाई भने, ‘आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट भुक्तानी भएको हो।’

सो समयमा धनगढीका आधा दर्जन बढी संघ संस्थाहरुले पनि नाकामा अलपत्र परेका प्रदेशवासीलाई खाना, खाजा र पानी उपलब्ध गराएको दाबी गर्दै आएका छन्। त्यसमा सुदूरपश्चिम फाउण्डेसनले प्रदेश सरकारबाटै खाना खुवाउन झण्डै ३० लाख बजेट पाएको थियो भने अन्य संघ संस्थाहरुले निजी क्षेत्र लगायत आम नागरिकबाट समेत आर्थिक सहयोग संकलन गरी हजारौंलाई खाना खुवाएको दाबी गरेका थिए।

यस्तै कोरोना कोषबाटै बोलन्या थलीलाई ३ लाख ५२ हजार र बडिमालिका डिजिटल रेकिर्डिङ स्टुडियोलाई अडियो भिडियो बनाउन चार लाख ९४ हजार रकम भुक्तानी दिइएको छ। दिनेश खबरमा यो समाचार छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय