युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

शुशिला पन्त, डाेटी / सम विकास केन्द्र (ईडिसि) डाेटी नामक गैरसरकारी संस्थाले डाेटीका स्थानिय सरकारलाई २० लाख भन्दा बढी लागतकाे स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।

डेनमार्कको गैर सरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा उक्त संस्थाले जिल्लाका पूर्विचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइंसिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई रु.२० लाख ६५ हजार ८२९ मूल्य वरावरकाे स्वास्थ्य सामाग्री सहयाेग गरेकाे संस्थाका अध्यक्ष अधिराज विसिले बताए ।

काेराेना महामारीकाे दाेस्राे लहरकाे संक्रमणमा डाेटी जिल्ला समेत अति प्रभावित भएकाेले उक्त संस्थाले आईशोलेशन र होमआईलेशनमा वस्ने व्यक्तिहरु सहयाेगार्थ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे संस्थाका लेखा अधिकृत कृष्णसुन्दर श्रेष्ठले बताए ।

कोभिडको १९ को दोश्रो लहरको महामारीले विश्व मानव जगतलाई आक्रान्त वनाईरहेको समयमा डोटीको चारवटा स्थानिय तहका स्वास्थ्य संस्थामा रहेको आईशोलेशन सेन्टर ब्यबस्थापन, आईशोलेशनमा रहेका संक्रमित ब्यक्तिहरुको सुरक्षा, स्वास्थ्य कर्मिहरुको सूरक्षा र होम आईशोलेशनमा रहेका दलित, महिला र सिमान्तकृत ब्यक्तिहरुलाई लक्षित गरि आवश्यक स्वास्थ्य सरसफाईका सामाग्रीहरु वितरण गरि समुदायमा संक्रमण नियन्त्रण गर्नमा सहयोग पुर्याउने उद्धेश्यले जेष्ठ १९ गते देखि संस्थाले स्वास्थ्य सामग्री वितरणको अभियान थालेको संस्थाका सूचना तथा संचार अधिकृत पदम मिजारले बताए ।

जेष्ठ १९ गते के.आईसिंह गाउँपालिका, जेष्ठ २० गते पूर्विचौकी गाउँपालिका, जेष्ठ २३ गते जोरायल गाउँपालिका र २९ गते शिखर नगरपालिकालाई ४० सेट मेडिकल वेड, ८० सेट पिपिई, २० थान पल्स अक्सोमिटर, ८ थान थर्मल गन, ४८ प्याकेटस (२४०० थान) सर्जिकल मास्क, ४० प्याकेटस (२००० जोडा) ग्लोव्स, ५०० एमएलको ४८ बोतल हेण्ड सेनिटाईजर, २५६ थान हात धुने सावुन, २०० थान लुगाधुने सावुन, २०० थान टुथव्रस, २०० थान टुथपेष्ट, ८ थान वाल्टिन, ८ थान जग, २० बोतल हारपिक, २० प्याकेट ओडोनिल, ८ थान ट्वाइलेट व्रस, ४ थान प्लाष्टिक ड्रम ५०० लिटर, २० जोडा चप्पल, ८ थान डष्टविन, ४ सेट ईलेक्ट्रीक वाटर हिटर पालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको कार्यक्रम संयाेजक महेश परियारले बताए ।

त्यस्तै कार्यक्रमका लक्षित समुदाय दलित, विपन्न, महिला तथा सिमान्तकृतलाई प्राथमिकतामा राख्दै चारवटै पालिका भित्र होम आईसोलेशनमा रहेका ११५२ घरधुरीलाई स्वास्थ्य तथा सरसफाईका लागि ११५२ प्याकेट (५७६०० थान) सर्जिकल मास्क, ५०० एमएलको ११५२ बोतल हेण्ड सेनिटाईजर, ११५२ थान डिजिटल थर्मोमिटर, २३०४ थान हात धुने सावुन, ११५२ प्याकेट सेनिटरी प्याड महिला स्वंयसेविका मार्फत वितरण गर्ने गरि पालिकाका प्रमुख मार्फत स्वास्थ्य संस्थाका प्रमुखलाई हस्तान्तरण गरिएको संस्थाका वित्त अधिकृत कृष्णसुन्दर श्रेष्ठले बताए ।

सहयाेग सामाग्री हस्तान्तरणका क्रममा के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले खुसी ब्यक्त गर्दै विगत झैं यसवर्षको विषम परिस्थितीमा पनि ईडीसी नेपालले आफ्नाे पालिकालाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएर ठुलो सहयोग गरेका बताए । संस्थाले पालिकासंग सहकार्य, समन्वय गर्दै अगाढी बढीरहेकाेमा शाहीले धन्यवाद समेत दिए ।

यसै गरी शिखर नगरपालिकाका नगरप्रमुख शिताराम जोशीले हस्तान्तरण गरिएका सामग्रीहरु बुझ्दै होम आईशोलेशनमा रहेका घरधुरीहरुलाई वडावडामा रहेको स्वास्थ्य चौकी मार्फत स्वयंसेविकाहरु परिचालन गरि उक्त सामाग्री वितरण गरिने प्रतिवध्दता जनाए ।

गतवर्षको कोभिड १९को महामारीमा पनि डोटी जिल्लामा कार्यरत गैसस संस्था सम विकास केन्द्र (ईडीसी) नेपाल डोटीले डीसीएकै आर्थिक सहयोगमा जिल्लाका २३ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री तथा उपकरण र विपन्न, दलित महिला तथा हलियाहरुलाई खाध्यान राहत वितरण गरेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय