युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अस्पतालमा वेड छैन, प्राङ्गणमै बसेर उपचार गर्छु भनेपनि अक्सिजन छैन । अक्सिजन नपाएर दिनकै सयौंले ज्यान गुमाईरहेका छन् । कयौको घरमै ज्यान जाने स्थिति छ । अत्यावश्यक मात्रै होइन सामान्य उपचारसमेत बिरामीले नपाउने र मृत्युवरण गर्नुपर्ने स्थिति छ ।

स्थानीय सरकारले यो महामारीमा गर्नसक्ने भनेको आईशोलेशनको व्यवस्थापन हो । कति स्थानीय तह लागिपरिरहेका छन् भने कति हतासिसकेका छन् । प्रदेश सरकार कोही बिहान राजीनामा दिएर दिउँसो फेरी सपथ लिदैछन त कोही विपक्षीलाई फ्लोर क्रस गराएरै भएपनि आफ्नो सत्ता जोगाईरहेका छन् । गण्डकीतिर त अधिवेशनको अघिल्लो दिन राजीनामा दिएर अझ आफै नियुक्त हुने तयारी हुदैछ रे । सुदुरपश्चिम सरकार र प्रदेश न.१ र २ ले महामारी नियन्त्रणमा के गर्दैछन् थाहा छैन ।

संघीय सरकार हिजोदेखी कामचलाउ भैसकेको छ । अरुले अविश्वासको प्रस्ताव ल्याएर हटाएको भए महामारीको बेला सरकार ढाले भन्न सजिलो हुन्थ्यो । सरकार आफैले यो महामारीको बेला आफ्नो बहुमत सिद्ध गर्न खोजेर कामचलाउमा परिणत भएको हो । सरकारले कामचलाउ भए भन्दैमा महामारी नियन्त्रणको जिम्मेवारीबाट पन्छिन पाईदैन ।

देशका ठुला पार्टीहरु सरकार बनाउने तयारीमा दौरा सुरुवाल सिलाउदैछन । उनीहरुलाई महामारीको पीडाले छुने कुरै भएन । कोरोनाले च्यापेको बिरामी आफैले अक्सिजन लगायत औसधीको जोहो गर्नुपर्ने अरे । होईन भने अस्पतालले आईसियुबाट निकाला गरिदिने उर्दी जारी गरिसक्यो । सरकार मुखदर्शक । अब सरकारले पनि केही गर्न नसक्ने कुरा लगभग पक्कापक्की भैसक्यो ।

अब सरकारले कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दैन भने आम जनता, मिडिया लगायत सामाजिक तथा परोपकारी संघ सस्थाहरुले नेपालको सहयोगको लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुपर्छ ।

हामीले शौचालय गएपछि साबुन-पानीले हात धुनुपर्छ भन्ने विषयमा अरबौ विदेशी सहयोग स्वीकारेका छौं, नेपाली समाजलाई फुटाउन, टुटाउन विदेशी डलर लिएकै छौ । सिंहदरबारदेखि गाउँगाउसम्म अन्तर्राष्ट्रिय दातृनिकायको भरणपोषण छ ।

अरबौको वैदेशिक सहयोग लिन लाज नमान्ने हामीहरुले कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय जगतको सहयोग लिन किन डराउनु ? थाहा छ, हामीले अन्तर्राष्ट्रिय जगतमा ‘कोरोना हाम्रो नियन्त्रणमै छ’ भनिरहदा हजारौं नेपालीहरु अक्सिजन- अक्सिजन भन्दै अस्पतालको गल्ली-गल्लीमा छट्पटाईरहेका छन् ।

तसर्थ, अहिले जनताको ज्यान बचाउन अक्सिजन लगायतका औसधि उपकरणमा अन्तर्राष्ट्रिय समुदाय गुहारौ, हाम्रा आफ्ना दाजुभाई दिदिबहिनी, आमाबुबा, छोराछोरी र नातिनातिनालाई अकालको मृत्युबाट बचाउ । आम जनताले पनि सरकारले लगाएको निषेधाज्ञाको पालना गरौं । अझ पनि मेरो एउटै प्रश्न छ अन्तर्राष्ट्रिय समुदायलाई वास्तविकता बताउने र सहयोगको अपिल गर्ने कि कोरोना नियन्त्रण मै छ हाम्रो ?
लेखक : कृष्ण महरा ( अधिवक्ता हुन् )

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय