युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / उद्याेगी, व्यापारी, व्यवसायीहरुकाे हकहितका लागि क्रियाशिल हुने भन्दै स्थापना भएकाे डाेटी चेम्वर अफ कमर्शले आफ्नाे स्थापनाकाे केही समय भित्र नै संस्थाकाे निजि भवन बनाउदैछ ।

सुदूरपश्चिम प्रदेश सरकारबाट विनियाेजित ४० लाखकाे लागतमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका बडा नं. २ सेती नदि शिवालय मन्दिर नजिक डाेटी चेम्वर अफ कमर्शकाे नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा भएकाे जमिनमा भवन निर्माण भई रहेकाे डाेटी चेम्वरले बताउदै आएकाे छ ।

संस्था स्थापना भएकाे एक बर्ष नै नपुग्दै डाेटी प्रादेशिक महाेत्सव लगाएर चर्चामा आएकाे डाेटी चेम्वरले महाेत्सवमा नयाँपन दिनकालागि सुदुरपश्चिमकाे मुख्य पर्यटकियस्थल खप्तड जानका लागि डाेटी खप्तड हेलिकप्टर टुर प्याकेज चलाएकाे थियाे । त्यस्तै चेम्वरले दाेस्राे वर्ष संचालन गरेकाे महाेत्सवमा महाेत्सव अवधिभर प्यारागराडेरिङ्ग संचालन गरेर चर्चामा आएकाे थियाे । काेराेना कहरका कारण आफ्नाे स्थापनाकाे तेस्राे बर्षमा चेम्वरले महाेत्सव संचालन गर्न नसके पनि संस्थाकाे नाममा जग्गा खरिद गरेकाे थियाे । हाल उक्त जग्गामा सुदुरपश्चिम प्रदेश सरकारकाे आर्थिक सहयाेगमा ४० लाखकाे लागतमा संस्थाकाे भवन निर्माण प्रक्रिया सुरु भएकाे छ । अहिले साेहि भवन निर्माणकाे विषय चर्चामा रहेकाे छ ।

कहाँ छ जग्गा ?

डाेटी चेम्वरले साविक काेटभैरव वडा नं. ३(ग) कित्ता नं. ३४० काे नम्वर जग्गा (हाल दिपायल सिलगढी नगरपालिका वडा नं. २) दिपायल सेती नदि महादेव मन्दिर नजिक रहेकाे जग्गा व्यक्ति संग राजिनामा पारित गरि खरिद गरेकाे थियाे । जग्गा पास गरे लगतै साे जग्गाका साध सधियारहरुकाे राेहवरमा नापी कार्यालय डाेटीका प्राविधिकले जग्गाकाे चार किल्ला छुट्टाई चारकित्तामा किला ठाेकि दिएकाे डाेटी चेम्वरका अध्यक्ष खगेन्द्र वहादुर साउद केवि बताउन्छन् । आफुहरुले खरिद गरेकाे र प्राविधिकले चार किल्ला ताेकिदिएकाे जमिनमा भवन निर्माण गर्नका लागी दातृ निकायहरु संग सहयाेग माग्दै जादा सुदुरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट विनियाेजित गरेकाे अध्यक्ष साउदकाे भनाई छ ।

डोटी चेम्वर अफ कमर्शले भवन निर्माण गरि रहेको जग्गाको जग्गा धनी दर्ता प्रमाण पुर्जा

के हाे विवाद ?

प्रदेश सरकारले वजेट विनियाेजित गरे संगै प्राविधिक कार्य पूरा गरि डाेटी चेम्वरकाे नाममा रहेकाे उक्त जमिनमा भवन निर्माणका लागि सुरुवात गर्दै गर्दा साे जमिन सार्वजनिक भएकाे र डाेटी चेम्वर अफ कमर्शले सार्वजनिक र ऐलानी जग्गामा भवन निर्माण गर्न लागेकाे भन्दै दिपायल सिलगढी नगरपालिका वडा नं. २ का अध्यक्ष राजेन्द्र खड्का द्वारा हस्ताक्षरित पत्र जिल्ला प्रशासन कार्यालय डाेटीलाई वडा कार्यालयले २०७८ बैसाक २० गते पठाईयाे । जिल्ला प्रशासन कार्यालयमा पत्र पुगे संगै उक्त कार्यालयले नापी कार्यालयलाई जग्गाकाे वास्तविकता एकिन गर्न पत्र पठायाे । प्रशासनले पठाएकाे पत्र संगै नापी कार्यालयकाे प्राविधिक टाेलीले पुन: साे जमिनकाे नापजाँच गरि प्रतिवेदन तयारी गरि जिल्ला प्रशासन कार्यालयमा बुझायाे । यहाँ सम्म हेर्दा चेम्वरले भवन निर्माण गरेकाे जग्गा सार्वजनिक, ऐलानी हाे वा उसकाे निजि हाे भन्ने विषय विवादित देखिन्छ ।

सार्वजनिक ऐलानी जग्गा भनी निर्माण कार्य रोकी छानविनका लागी भन्दै वडा नं. २ को कार्यालयले पठाईएको पत्र

के छ प्रतिबेदनमा ?

नापी कार्यालय डाेटी बाट खटेकाे प्राविधिक टाेलीले सार्वजनिक, ऐलानी भनीएकाे उक्त जग्गामा नापजाँच गरि मिति २०७८ बैसाक २२ गते जिल्ला प्रशासन कार्यालय डाेटीमा फिल्ड प्रतिवेदन बुझाएकाे छ ।

उक्त प्रतिवेदनमा स्थानियवासिन्दा, राजनितिक दल, समाजसेवी, बुध्दीजिविहरुकाे राेहवरमा विवादित भनिएकाे उक्त जग्गाकाे नापजाच गरिएकाे व्यहाेरा उल्लेख छ । जमिन नापजाच गर्दा हाल भवन निर्माण भई रहेकाे जग्गा सार्वजनिक वा ऐलानी नभएकाे र डाेटी चेम्वर अफ कमर्शकाे नाममा दर्ता कायम रहेकाे जग्गा हाे भनी उल्लेख गरिएकाे छ ।

साेहि प्रतिवेदनमा नक्सा बमाेजिम सार्वजनिक बाटाे उक्त जग्गा देखी दक्षिण तर्फ रहेकाे भन्ने उल्लेख गरिएकाे छ । नापी कार्यालयका प्राविधिकले पेश गरेकाे उक्त प्रतिवेदनमा चेम्वरकाे नाममा रहेकाे उक्त जग्गा माथी हाल मानिसहरुले प्रयाेग गर्दै आएकाे अस्थायी सडक समेत रहेकाे भनी उल्लेख गरिएकाे छ ।

विवादित भनीएको जग्गाको नापजाँच गरि नापी कार्यालय डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा बुझाएको प्रतिवेदन

के हाे, भवन निर्माण क्षेत्रमा झडप ?

नापी कार्यालयले फिल्ड अध्ययन गरि आबश्यक जाँचबुझ पश्चात जिल्ला प्रशासन कार्यालय डाेटीलाई प्रतिवेदन बुझाए संगै जिल्ला प्रशासन कार्यालयले साे प्रतिवेदन सहित दिपायल सिलगढी नगरपालिकालाई आबश्यक कार्यार्थ गर्नु भनी बैसाक २३ गते पत्र लेखी पठाएकाे छ ।

बैसाक २४ गते दिपायल सिलगढी नगरपालिकाले साे जग्गाकाे सम्वन्धमा प्रशासन कार्यालय बाट प्राप्त प्रतिवेदन र पत्रकाे व्यहाेरा उल्लेख गर्दै सुरुमा सार्वजनिक जग्गामा भवन निर्माण गरेकाे भनी दावी गर्ने वडा नं. २ काे कार्यालयलाई प्रतिवेदन सहित जानकारी गराएकाे भनी पत्र पठाएकाे छ भने साे पत्रकाे बाेधार्थ डाेटी चेम्वर अफ कमर्शकाे कार्यालयलाई दिईकाे छ ।

बैसाक २४ गते पत्र संगै प्रतिवेदन प्राप्त गरेकाे डाेटी चेम्वर अफ कमर्शले आफुले भवन निर्माण गरि रहेकाे आफ्नै निजि जग्गामा बैसाक २५ गते भवन निर्माणकाे कार्य सुरु गर्दै गर्दा उक्त जग्गामा झडप भएकाे छ । झडप हुदाँ चेम्वर अफ कमर्शका सचिव तेज डुम्रेल, कार्यसमिति सदस्य राम वहादुर विष्टलाई चाेट लागेकाे चेम्वरले जनाएकाे छ । त्यस्तै वडा नं. २ का अध्यक्ष राजेन्द्र खड्का र स्थानिय राेशन कठायतलाई चाेट लागेकाे भन्ने बुझिएकाे छ । भवन निर्माण क्षेत्रमा आई आफुहरु माथि हातपात गरेकाे भन्दै डाेटी चेम्वर पक्षले वडा अध्यक्ष राजेन्द्र खड्का र राेशन कठायतलाई विपक्षि बनाई प्रहरीमा उजुरी दिएकाे बुझिएकाे छ । त्यस्तै चेम्वरले विपक्षी बनाईएका पक्षबाट समेत चेम्वर पक्षवालाहरुलाई विपक्षि बनाई उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।

दिपालय सिलगढी नगरपालिकाले सुरुमा सार्वजनिक जग्गा भएको भनी पत्रलेख्ने बडा नं. २ को कार्यालयलाई छानविन पछि पठाएको पत्र

चेम्वर अध्यक्ष साउदकाे प्रश्न ?

यस विषयमा डाेटी चेम्वर अफ कमर्श डाेटीका अध्यक्ष खगेन्द्र साउद (केवि) संग कुरा गर्दा उनले केही प्रश्न गरेका छन् ।
अध्यक्ष साउद भन्छन्, जग्गा चेम्वरकाे नाम छ, भवन चेम्वरकाे बन्दैछ, अनि आफ्नै जमिन माथी चेम्वरले भवन बनाउन नपाउने हाे र ?
तपाईहरुकाे जग्गा माथी हाल मानिसले हिड्ने गरेकाे अस्थायी बाटाे छ भन्छ नि प्रतिवेदनले ? भन्ने प्रश्नमा साउद भन्छन्, हामी स्वीकार गर्छाै हाम्राे जमिन माथी अस्थायी बाटाे बनेकाे छ, मानिस हिड्ने हाेईन माेटर समेत गुडछ, हामीले प्रयाेग गरेका थिएनाै मानिस हिडे, माेटर गुड्याे, अब हामी प्रयाेग गर्दैछाै । अनि हाल मानिसहरुले अस्थायी सड्ककाे रुपमा प्रयाेग गरेका छन् भनेर हाम्राे जग्गा हामीले चलनभाेग गर्न नपाउनु त ?
अस्थायी नै भएपनि चेम्वर जस्ताे सामाजिक संस्थाले मानिस हिड्ने, माेटर गुडने बाटाे छ भने आफ्नै जमिन भएपनि छाेड्न मिल्दैन ? भन्ने प्रश्नमा अध्यक्ष साउद भन्छन्, मिल्छ किन नमिल्ने हाे र ? हामी सामाजिक सेवा गर्न उद्याेगी व्यापारीहरुलाई संगठित गर्दै अघि बढ्न पनि स्थापना भएका हाै । सड्क बाटाेका लागि जमिन नछाेड्ने भन्ने कुरै हुँदै, छाेडिन्छ । तर यहाँ कुरा बाटाे छाेड्ने कि नछाेड्ने भन्ने विषयमा विवाद हाेईन विवाद चेम्वरकाे भवन बन्न दिने कि नदिने भन्ने विवाद हाे । जहाँ सम्म वाटाे छाेड्ने कुरा छ चेम्वरकाे जग्गा देखी दक्षिण तर्फ सरकारी बाटाे छ । सरकारी बाटाेमा मान्छे हिड्ने मात्र हाेईन माेटर नै गुड्छ । सरकारी बाटाे हुदा हुँदै केही व्यक्तिहरुले याेजनाबध्द रुपमा चेम्वरकाे भवन निर्माण गर्न नदिने फाेहरी खेल खेल्दैछन् । यति हाम्राे जग्गा मात्र बाटाेकाे विकल्प भएकाे भए हामी हासी हासी बाटाेका लागि जमिन छाेडिदिन्थ्याै तर त्यहा हाम्राे जग्गा संगै जाेडिएकाे सरकारी सार्वजनिक बाटाे छ । सार्वजनिक बाटाे हुदा हुँदै कसरी जमिन छाेड्नु । साउद अगाडि भन्छन्, सरकारी बाटो हुदा हुदै पनि हाम्रो जग्गाको पुर्व तर्फ बाट हामी जग्गा छोडेर उक्त सरकारी बाटोलाई अझै चौडा बनाउने योजनामा छौ । त्यती मात्र होईन मुल शाखा सड्क देखी महादेब मन्दीर सम्म हाम्रै बजेटमा कालोपत्रे सम्म गराउने योजनामा बनाएका छौ । हामी जनता विरोधी होईन्, हामी विकास विरोधी होईनौ हामी विकास गर्न चहान्छौ । समाजमा रहेका एकदुई जना विकास विरोधीहरुले हाम्रो विरोध गर्यो भनी हामी खुट्टा कमाउने पक्षमा छैनौ अझै मझबुझ तरिकाले उभिनेछौ । हामी झै झगडामा विश्वास गर्दैनौ, हामी छलफलमा विश्वास गर्छौ । जहाँ सम्म चेम्वरको भवन निर्माण क्षेत्रमा झडप भएको भन्ने समाचार आएको छ त्यहाँ भएको विवादको पुरै भिडियो हामी संग सुरक्षित छ । कहाँ कसले के भन्या, कसले हातपात गर्यो, हाम्रा साथीहरु माथी कसरी दुव्यवहार भयो र पिटीएका छन् भन्ने कुरा भिडियोमा प्रष्ट रुपमा देखिएको छ ।

अध्यक्ष साँउद प्रश्न गर्छन्, चेम्वरकाे नाममा दर्ता कायम रहेकाे जमिनमा चेम्वरले भवन बनाउन नपाउने कुनै कानून छ ? कानूनले नै जसकाे जमिन हाे उसले चलन भाेग गर्न पाउन्छ भन्छ, अनि हामिले चलनभाेग गर्न नपाउने हाे र ? साउद भन्छन्, हामीले जिल्लाका विकासका लागि स्थानिय तह, प्रदेश सरकार, संघिय सरकारलाई पटक पटक विभिन्न याेजना निर्माण गरिदिनु पर्याे भन्दै आग्रह गर्दै आएका छाै, हाम्राे आग्रहमा स्थानिय, प्रदेश र संघिय सरकारले विभिन्न विकास निर्माणका याेजनाहरु समेत हालिदिनु भएकाे छ । तिखा खानेपानी, बाफि खानेपानी, घाेलताडा खानेपानी, पिपल्ला राजपुर खानेपानी, घाेलताडा जाने झुलुङ्गेपुल केही उदाहरण हुन् । हामीले गरेकाे पहल आग्रह सल्लाह सुझाव जे भन्नू हुन्छ केही विकास भएकाे छ, अहिले हाम्राे संस्था स्थापना भएकाे छाेटाे समयमा हामीले जमिन खरिद गर्याै, अब भवन निर्माण गर्दैछाै, कुरा यिनै हुन् हामीले विकाशलाई ध्यान दियाै कतिपय साथी भाईलाई मन परेन यसैकाे उपज हाे भवन निर्माण क्षेत्रमा भएकाे विवाद ।

साउदले विकास निर्माण आफ्ना लागि नभई ठाउका लागि भएकाेले ऐन नियम कानून बमाेजिम आफुहरुले भवन निर्माण गर्ने बताएका छन् । भवन निर्माणका लागि स्थानिय जनताहरुकाे समेत साथ र सहयाेग रहेकाे बताएका छन् । वेतुककाे वखडा झिकेर अर्काकाे जमिनलाई सार्वजनिक ऐलानी भनी दावी गर्दै झुट्टा कुरा प्रचार गरि चेम्वरकाे भवन निर्माण हुन नदिने तिर लागेका र त्यसका याेजनाकारहरुकाे बिस्तारै पर्दाफास हुँदै जाने र जनताकाे सामु नाङ्गिने साँउदले दावी गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय