युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

केही महिना पहिले अफिसको कामको सिलसिलामा एउटा बैँकको म्यानेजरलाई भेट्न गएको थिएँ। अफिसबाट उनीसँग भेटेर काम छिटो पूरा गर्न एकदमै दबाब आइरहेको थियो।

फोन गरेर समय मिलाएँ, ११ बजे उनको अफिसमा हाजिर भएँ। अफिस त आइपुगेका रहेछन्, खोई कोसँग मिटिङ गर्दैछन् भनेर उनका सहयोगीले कोठा बाहिरको सोफामा बसाए।

बसेर मोबाइल हेरिरहेको थिएँ, १५ मिनेट जति पछि उनका सहयोगीले भित्र जान इसारा गरे। म सरासर भित्र गएँ, ती म्यानेजरलाई नमस्कार गरेँ। उनले हातले इसारा गर्दै बस्न भने।

म बसेर अफिसियल कुरा गर्न थालेँ। बीचमा कुरा काट्दै उनले भने, ‘तिम्रो अफिसको डकुमेन्ट लेऊ त? मलाई तिमी भन्ने शब्द सिस्नुले पोलेजस्तै मनमा च्वाँस्स पोल्यो। अलिकति आश्चर्य मान्दै उनको अनुहारमा हेरेँ र नसुने जस्तै गरेँ।
उनले बुझेछन् क्यारे, ‘तपाईको फाइल ल्याउनुस् त’ भने। उठेर फाइल दिएँ। मलाई उनीसँग रिस उठिरह्यो। मनमनै म त्यो मान्छेको छोरी हुँ कि, उसको नातेदार श्रीमती, गलफ्रेन्ड म त कोही थिइनँ।

प्रोफेसनल्ली भेट्न गएको मान्छे पो हुँ त! उसलाई मेरो उमेरले के फरक पर्यो? म ऊभन्दा २० वर्ष कान्छी भएपनि उसले मलाई कुन आधारबाट तिमी भन्न मिल्छ, रिस उठिरहेको थियो। ‘म तपाईको तिमी कसरी सर?’ सोध्न मन थियो, तर के बहस गर्नु जस्तो लागेर पुनः अफिस फर्किएँ।

तर, त्यो मान्छेदेखि पछिसम्म पनि रिस भने उठि नै रह्यो। ऊ मात्रै होइन, त्यसपछि पनि थुप्रै मानिसहरु प्याच्च तिमी भन्ने भेटिएँ। मनमनै रिस उठेपनि कतिपयलाई भनिएन। कतिपयलाई भने म के आधारमा तपाईको तिमी भनेर सोधेँ।

त्यो त प्रतिनिधि घटना मात्रै थियो, फेरि उहीँ प्रकारको घटना एउटा ट्रेनिङ लिन गएको ठाउँमा दोहोरियो। अमेरिकाको एउटा संस्थाले दिने नेतृत्व विकास सम्बन्धी तालिममा सहभागी हुने अवसर आयो मलाई। आफूलाई केही जान्नु थियो, सिक्नु थियो। त्यसलाई अवसर ठानेर म सो तालिममा सहभागी भएँ।

३ दिनको तालिम धुलिखेलको एउटा होटलमा सञ्चालन गरिएको थियो। त्यहाँ मेरै उमेरका, मभन्दा केही सिनियर र अलि धेरै उमेर भएका व्यक्तिहरु पनि सहभागी थिएँ। हामी पुगेर बसेको केहीबेरमा तालिम सुरु भयो, रमाइलो पनि लागेको थियो।

यस्तै २ वटा क्लास केहीबेरको ब्रेकपछि त्यो दिनको तालिम सकियो। सबैजना आफ्नो कोठामा गएर बेलुकीको खाना खान सहभागी भए। म पनि यही थिएँ। सबै खाना खान लाग्दा एकजना अर्धबैँसे उमेरका व्यक्तिले मसँगै रहेकी एउटी साथीलाई तँ सम्बोधन गर्दै आफूतिर एकपटक आउन अनुरोध गरे।

म एकछिन छक्क परेपछि लाग्यो, पहिलेदेखिको चिनजान होला अथवा नातेदार होलान्। तरपनि तिमीसम्म त भन्नुपर्छ नि, कस्तो प्रोफेसनल तालिममा आउँदा पनि ‘तँ’ भनेको होला लागिरह्यो।

यहीँ सोच्दै खाना खाइसकेँ, केहीबेरमा मसँगै रहेकी साथी आइन्। मलाई खसखस नै लागिरह्यो र सोँधे, ‘उहाँ हजुरको नातेदार हो? कि पहिलेबाटै चिनजान?’

उनले अलि अनौठो ढंगले मलाई हेरिन् र अलिकति हाँस्दै भनिन्, ‘नाई, मैले त उहाँलाई फर्स्ट टाइम भेटेको।’

‘अनि तपाईलाई किन तँ भनेको त, यसमा तपाईले केही भन्नु भएन? मलाई त यो अलि ठिक लागेन।’

उनले मेरो कुरामा सहमति जनाउँदै थपिन्, ‘मलाई पनि अचम्म लाग्यो, चिन्नु न जान्नु पहिलो पटक भेट भएको मान्छेलाई तँ रे?’

मलाई पनि त्यो मानिस त्यसपछिका दिनमा आजीवन मन परेन, कस्तो अशिष्ट भन्ने लागिरह्यो। त्यसमा पनि म आफू त बैंकको म्यानेजरले तिमी सम्बोधन गरेबाटै रुष्ट भएको थिएँ।

एकदिन साथीहरुसँग चियागफ हुँदा यस्तै प्रसंग उठ्यो। मलाई त यो विषय मनमा गडिरहेको हालसम्म भएका सम्बोधन बारेका घटना सुनाएँ। पहिलो पटक भेटेका त्यसमा नि प्रोफेसनका कारण भेटिनेहरुले तिमी सम्बोधन गरेको साँच्चै मन पर्दैन।

मसँग भएकामध्ये एउटा साथीले भने, ‘मलाई त जे सम्बोधन गरेपनि केही हुँदैन’ भन्यो तर अरु बाँकी साथीहरुको धारणा भने मेरो जस्तै रहेछ।

‘मानिसलाई पहिलोपटक भेट्दै तिमी भनेर सम्बोधन गर्नु त होच्याउनु जस्तै लाग्छ है मलाई त,’ चियाको चुस्की लगाउँदै रिताले भनी।

मैले मुन्टो हल्लाउँदै थपेँ, ‘मलाई त तिमी भन्ने मात्रै होइन, बिनासम्बोधन बोलाउनेहरु पनि मन पर्दैन। कहिलेकाही म्यासेज, कल वा भेट हुँदा कोही व्यक्तिहरु सम्बोधन बिनै हेलो, हाई मात्रै गरेका हुन्छन्। न नामले बोलाउँछन्, न कुनै नाताले। त्यस्ता व्यक्तिहरु पनि साँच्चै अजीवका लाग्छन् मलाई त।’

मेरो कुरामा उनीहरुले मौन सहमति जनाए तर मनभित्रबाटै जनाए कि जनाएनन् त्यो भने बुझिनँ। तर, के थाहा पाएँ भने म जस्तै पहिलो पटककै भेटमा तिमी सम्बोधन गर्ने र अनि कुनै नाम वा पद नदिई हेलो, हाई मात्रै भनेर बोलाउनेहरु अरुप नि थुप्रै रहेछन्। मेरो विचारसँग मिल्ने कोही त भेटिए भन्दै खुसी भएँ।

अंग्रेजी भाषामा तँ, तिमी, तपाई सबै सम्बोधन यू ले गरेपनि नेपाली भाषामा विशेषगरी निम्न, मध्यम, उच्च र अति उच्च भाषाको प्रयोग गरेर व्यक्तिलाई आदर गर्ने वा सम्बोधन गर्ने गरिन्छ। तँ, तिमी र तपाई लगाएर तीन तरिकाले व्यक्तिको सम्बोधन गर्ने गरिन्छ।

आफूभन्दा सानो, छोराछोरी, सहपाठी वा उमेरले साना व्यक्तिलाई तँ, उहीँ उमेरका साथी वा आफूभन्दा सानो उमेरको नाता लाग्ने व्यक्तिलाई तिमी र आफूभन्दा ठूलो उमेर, काम, योग्यता, क्षमता वा अन्य हिसाबले माथिको व्यक्तिलाई तपाईको सम्बोधन गर्ने गरिन्छ।

अझ राजा महाराजा र उच्च खान्दानका व्यक्तिहरुले त आइस्यो, आइबक्सियो, बसिस्यो, खाइबक्सियो जस्ता उच्च आदर प्रदर्शन गर्ने शब्दहरुको प्रयोग गरिरहेका हुन्छन्। कतिपयले त यसलाई सामन्ती भाषा पनि भनिरहेका हुन्छन् तर पनि फरक तरिकाबाट भाषाको प्रयोग भने हुदैँ आएको पाइन्छ।

व्यक्तिपिच्छेको फरक आदर गरेर एकअर्कालाई सम्बोधन गरिरहेका हुन्छन् l

(लेखक – सुधा कार्की बागलुङ / हाल काठमाडौं)

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय