युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

दिल्ली / कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।

भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई प्रमुख हो । कोरोना संक्रमणमा भारतमा दिनहुँ उच्च रेकर्ड बन्न थालेपछि दुबईले भारतबाट आउने उडान आइतबारबाट स्थगित गर्ने सूचना दिइसकेको छ । त्यसैले अन्तिम घडीमा भए पनि देशबाट निस्किन खोज्नेहरूका कारण हवाई टिकटको मूल्यले रेकर्ड बनाएको हो । बेलायतलगायतका थुप्रै देशले भारतसँगको हवाई उडान स्थगित गरिसकेका छन् ।

भारत र दुबईबीच सातामा करिब तीन सय उडान हुन्छन् । तर, पछिल्ला दिनमा ती उडान पनि कम भए । शुक्रबार र शनिबारका उडानमा मुम्बईबाट दुबईसम्मको यात्राको भाडादर भारु एक लाखसम्म पुगेको थियो । सामान्य अवस्थामा यो रुटमा करिब भारु १० हजार मात्र भाडा लाग्छ । त्यस्तै, नयाँ दिल्लीबाट दुबई जाने टिकटको मूल्य पनि भारु ५० हजार पुगेको थियो । तर, महँगो टिकट पनि प्राप्त नभएपछि धमाधम जेट विमान चार्टर्ड भएका थिए ।

‘जहाज चार्टर्ड गर्न मान्छेहरू यसरी आतुर थिए कि हामीले यसअघि यस्तो कल्पनासमेत गरेका थिएनौँ,’ एक एअर चार्टर कम्पनीका अधिकारीले एएफपीलाई भने, ‘हामीले मात्रै १२ जहाज चार्टर गरेका छौँ, तर पनि माग धान्न सकिएको छैन । हामीले विदेशबाटै जहाज मगाउने कोसिस गरिरहेका छौँ ।’

मुम्बईबाट दुबईसम्मको उडानका लागि १३ सिटको जहाज चार्टर गर्न ३८ हजार अमेरिकी डलर र ६ सिटको जहाज चार्टर गर्न ३१ हजार अमेरिकी डलर लाग्छ । तर, अहिले पैसाको होइन, जहाजको कमी भएको व्यवसायीहरूले बताएका छन् ।

‘एक्लै जहाज चार्टर गर्न नसक्नेहरू समूह मिलेर आउन थालेका छन् । कतिपय थाइल्यान्डतर्फ जान खोजेका छन् । तर, धेरैजसोले दुबई नै रोजेका छन्,’ ती व्यवसायीको भनाइ छ । यो समाचार नयाँ पत्रिकाले छापेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय