
मनमाेहन ठकुल्ला, सिलगढी
डाेटीमा एक विद्यालयका शिक्षकले राती विद्यार्थीकाे काेठा भित्र पसेर विद्यार्थीसँग कचिंगल गरेका छन् ।
पुरानाे क्षेत्रिय सदरमुकाम दिपायल अबस्थित सेती प्राविधिक शिक्षालयमा (एसटीएस) मा कार्यरत शिक्षकले गय राति १२ बजेकाे समयमा मदिरा सेवन गरी आफ्नै बिद्यार्थीकाे काेठाभित्र पसेर कचिंगल गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार दिपायल सिलगढी नगरपालिका वडा न ४ जाेगीडाबरे काेठा भाडा बस्दै आएका ३ जना विद्यार्थीकाे काेठा भित्र पस्ने शिक्षक अछाम जिल्लाकाे साफेबगर नगरपालिकाका २५ वर्षीय मन्दिप कुँवर रहेकाे जानकारी दिएकाे छ ।
केही समय पहिले विद्यार्थीहरू बिच झडप हुँदा शिक्षक कुँवरले सम्झाइ बुझाइ गर्ने क्रममा विद्यार्थीसँग केही विवाद हुन गएकाे थियाे । उक्त विवादकाे विषयलाई लिएर शिक्षक कुँवर रातीकाे समयमा विद्यार्थीकाे काेठा भित्र एक्कासि पसेर कचिंगल गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धान बाट खुल्न आएकाे छ । प्रहरी नायब उपरीक्षक श्रीवातस्वले भन्नू भयाे ” विवाद समाधानकाे कुरा भएपनि रातीकाे समयमा विद्यार्थीकाे काेठा भित्र पस्नु शिक्षक कुँवरकाे गल्ती हाे ।”
घटनाबारे सत्य तथ्य बुझ्न शिक्षक कुँवर र विद्यार्थीलाई प्रहरी चाैकीमा बाेलाएकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको श्रीवातस्वले बताएकाे छ ।