
डाेटी, माघ २० / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडगडाकी १९ बर्षिया हरिना कडायतलाई उपचारका लागि आर्थिक अभाव भएकाे भन्दै सहयाेगका लागि अपिल गरिएकाे छ ।
क्यान्सर राेगले पिडित हरिनाकाे अहिले बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भईरहेकाे सामाजिक अभियन्ता तेज डुम्रेलले बताए । कक्षा १० मा अध्ययनरत हरिनालाई ७ महिना पहिला क्यान्सर राेगकाे संक्रमण भएकाे थियाे ।
खुट्टामा क्यान्सर देखिएकी हरिनालाई आर्थिक अभाव भएका कारण ७ महिना घरमा नै थला परेकी डुम्रेलकाे भनाई छ । खुट्टामा सामान्य दुखाई देखिएपछि स्थानिय स्वास्थ्य चाैकी, जिल्ला अस्पताल हुँदै उनलाई उपचारका लागि नेपालगन्ज पुराईएकाे थियाे । अहिले सम्म उपचार र चेक जाँच गर्दा सम्म खेतहरु समेत बेच्नु परेकाे उनकाे घरपरिवारका सदस्यहरु बताउन्छन् । खेत बेचेकाे बताउदै अब उपचारका लागि ठुलाे समस्या देखिएकाे हरिनाकाे आमा नन्ना देबि कडायत बताएकाे डुम्रेल भन्छन् ।

हरिनाकाे उपचारका लागि ७ लाख जति खर्च हुने उपचारमा संलग्न चिकित्सकले बताएकाे उनका दाइ खेम बहादुर कडायत बताए । आफुहरुकाे आर्थिक अबस्था कम्जाेर रहेकाेले दाताहरुलाई सहयाेग गरिदिन समेत उनका दाजु खेमले सबैमा अपिल गरेका छन् । सहयाेग गर्न चहानु हुने तथा थप जानकारी लिन चहानु हुने दाताहरुले सामाजिक अभियन्ता तेज बहादुर डुम्रेल लाई ९८४८६२०६९२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।