युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त / हरेक बर्ष झै यस वर्ष पनि डोटीका दानविर खगेन्द्र वहादुर साँउद केबीले जिल्लाको दिपालय सिलगढी नगरपालिकाका ९ ओटै बडामा रहेका गरिव, दलित, अपांग, एकल महिलाहरुलाई जाडोमा न्यायो कपडा वितरण गरेका छन् ।

नगरपालिका ९ ओटै वडाहरु पुगी हरेक वर्ष झै यस वर्ष पनि दानविर साउदले सोमवार वडा नं. ८ को लडागडामा न्यानो कमल वितरण गरे । कम्मल पाएपछि उक्त वडा कि लक्षि खडका खुसी मात्र भएनन् साँउदले कम्मल ओडाउदै गर्दा उनको आँखा समेत रसाए । आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कारण रातभरी आगो तापेर बस्नु पर्ने आफ््नो बाध्यता रहेको बताउने लक्षी भन्छिन् ‘अव यो कम्मल ओडेर सुत्न सक्छु । उक्त बडाका लक्षी जस्तै ९० जनालाई सोमबार दानविर साँउदले न्यानो कम्मल बितरण गरेका हुन् ।

डोटी दिपायलमा केवी ग्रुपको नाममा व्यवसाय संचालन गर्दै आएका साँउदले केहि महिना यता आफ्नो व्यवसाय बन्द गरेको भए पनि उनले आफ्नो नियमति कार्यलाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । ईटोक्टोनिक र फर्निचारको व्यवसाय गर्दै आएका साँउद पछिल्लो समय राजनितिमा होमिएका छन् । नेकपामा विवाद आउनु भन्दा पहिले देखी नै साँउद उक्त पार्टीको सुदुरपश्चिम प्रदेश कमिटी सदस्यको रुपमा रहेका छन् । ईलोक्टनीक, फर्निचर र स्टील व्यवसाय छोडेर दिपायलमा नै अर्को नयाँ व्यवसाय संचालन गर्ने योजनामा आफु रहेको साउदले बताएका छन् ।

दिपायल सिलगढी नगरपालिकाका स्यानिय समेत रहेका दानविर साँउदले यस वर्ष पनि एक बडाका ३० जनाका दरले २ सय ७० जनालाई न्यानो कपडा वितरण गर्नेछन् । हरेक बर्ष उनले बडा कार्यालयको सहयोगमा वडाले छनौट गरि दिएका ३० जनालाई न्यानो कपडा वितरण गर्दै आएका छन् । वडाले छनौट गरेसंगै थप ३० जना गरि हरेक बर्ष ३०० जनालाई आफुले न्यानो कपडा वितरण गर्दै आएको नेकपाका नेता साउदले बताए ।

९ बर्ष देखी नेता साँउदले नियमित रुपमा गरिब असाहाय विपन्न दलित अपांग एकल महिलाहरुलाई न्यानो कपडा वितरण गर्दै आएका छन् । हाल सम्म उनले नगरपालिका क्षेत्रका २७ सय जनालाई न्यानो कपडा वितरण गरि सकेका छन् । त्यस्तै समाज सेवीको रुपमा पहिचान गराएका नेता साँउदले नगरक्षेत्रका माध्यमिक विद्यालयहरुमा जेहन्दार विद्यार्थिहरुलाई छात्रवृत्ती वितरण गर्ने उदेश्यका साथ प्रत्यक विद्यालयहरुमा १ लाखको अक्षय कोष समेत स्थापना गरेका छन् । नगर क्षेत्रमा सरसफाई गर्ने गराउने कार्यमा सहयोग पुराउनका लागी नेता साउदले नगरक्षेत्रका मुख्य व्यापारिक क्षेत्र र सार्वजनिक क्षेत्रमा फोहोर व्यवस्थापनका लागी डस्पीन, यात्रुहरुको सहजताका लागी प्रतिक्षालय निर्माण गर्ने लगाएतका कार्य समेत गर्दै आएका छन् ।

सरकारी बजेट खर्च गर्दा समेत भष्टाचारको गन्धआउने गरेका समाचारहरु बजारमा आउने गरेको भए पनि आफ्नो मेहनतले कमाएको रकम समाजसेवामा खर्च गर्ने उनी उदाहरण बनेका छन् । पछिल्लो समय उनको अभियानमा दिपलायमा विष्ट कस्मेटिकका संचालन राम वहादुर विष्ट सारथी बनेका छन् । साँउदले कम्वल वितरण गरि रहदा विष्टले कोलगेट,व्रुस र साबुन वितरण गर्दै आएका छन् । न्यानो संगै सरसफाईमा समेत लक्षित समुहका व्यक्तिहरुको ध्यान पुगोस् भन्दै आफुले सरसफाईका सामानहरु वितरण गर्दै आएको विष्ट बताउन्छन् । दुबै दानविर साँउद र विष्ट उद्योगीहरुको साझा संगठन डोटी चेम्वर अफ कमर्शको संस्थापक हुन् ।

आफ्नो नगरपालिकाका लक्षित बर्गलाई सहयोग गरेको भन्दै नगर प्रमुख मन्जु मलासीले नेता साँउदलाई धन्यवाद दिएका छन् । राज्यले गर्नु पर्ने काम साँउदले ९ वर्ष देखी गर्दै आउनु भएकोले पनि उहाँ समाज प्रति कति उत्तरदायी छन् भन्ने देखाउने नगरप्रमुख मलासीको भनाई छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय