डोटी / जिल्लाको दिपायल सिलगढी नगरपालिकाकालाई ‘योगदान राष्ट्रका लागि’ अभियानका अभियन्ताहरुले ४० हजार बराबरको औषधी सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवसको अवसरपारि अभियन्ता तथा अभियानका बझाङ जिल्ला संयोजक ललित बहादुर सिहको पहलमा नगर क्षेत्रमा रहेका दम, प्रेशर, सुगर, ग्याष्ट्रिक जस्ता दिर्घ रोग भएका विरामीहरुका लागी उपयोगी औषधी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
विश्वभर महामारीको रुपमा कोरोना भाईरसको संक्रमण फैलिई रहेको समयमा नगर क्षेत्रमा रहेका दिर्घरोगबाट पिडित व्यक्तिहरुलाई राहत पुगोस् भन्ने उदेश्यका साथ औषधी हस्तान्तरण गरिएको अभियन्ता सिँहले बताए ।
अभियान अन्तरगत हस्तान्तरण भएका औषधीहरु नगरप्रमुख मन्जु मलासीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको बताईएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको आत्माशान्तीको कामना गर्दै घरघरमा आज शनिवार साँझ ७ः३० बजे खिप प्रज्वलन गरि दिवशलाई सफल पारिदिन समेत अभियन्ताहरुले आग्रह गरेका छन् ।