
डाेटी, माघ ९ / जिल्लाकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने उदेश्यले स्वास्थ्य कार्यालय डाेटीले जिल्लामा क्रियाशिल पत्रकारहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यालयका प्रमुख रमेश मलासीकाे अध्यक्षतामा सम्पन्न अन्तकृया कार्यक्रममा उक्त कार्यालयले गत आर्थिक बर्ष २०७६/०७७ मा सम्पन्न भएका कार्यक्रम र जिल्लाकाे अबस्थाका बारेमा जानकारी गराईएकाे हाे । त्यस्तै आर्थिक बर्ष २०७७/०७८ काे ६ महिनाकाे अबधिका गरिएकाे क्रियाकलाप र आगामि रणनितिका बारेमा जानकारी दिईएकाे थियाे ।

आर्थिक बर्ष २०७६/०७७ काे अन्तिम तिर काेराेना कहरका कारण नियमित कार्यक्रममा प्रभाव परेकाे देखिए पनि पछिल्लाे समय निरन्तर रहेकाे स्वास्थ्य प्रमुख मलासीले बताएका थिए ।