डाेटी / जाडाेयाम सुरु भए संगै डाेटी आदर्श गाँउपालिका कि उपाध्यक्ष लक्ष्मी राेकाय न्यानाे कपडा बाेकेर जनताकाे घरमा पुग्न थालेकी छिन् ।
महिला संग उपाध्यक्ष कार्यक्रम अन्तरगत अति विपन्न तथा एकल महिलाहरुकाे पीडा बुझ्दै उनिहरुलाई जाडाेकाे समयमा न्यानाे कपडा उपहार दिन राेकाय वडा वडा धाउन थालेकी हुन् ।
गाउँपालिकामा रहेका ७ वडा मध्ये ४ वडाका स्थानिय महिला दिदिवहिनीहरुलाई भेट्दै अति विपन्न र एकल महिलाहरुलाई न्यानाे कपडाकाे रुपमा कम्मल वितरण गरिएकाे उपाध्यक्ष राेकायले बताईन् । उनले भनीन्- “म महिला जनप्रतिनिधि हुँ , महिला दिदिवहिनीहरुका धेरै समस्याहरु छन्, उहाँहरुकाे समस्या बुझ्नुकाे साथै उहाँहरुबाट सुझाब संकलनका लागि भेटघाटमा छु । पालिका का सबै वडाहरुमा जान्छु । अहिले ४ वडा वडामा सकियाे । बाँकी रहेका ३ वडाहरुमा पनि केही दिन भित्रै भेटघाट, न्यानाे कपडा वितरण गर्दै उहाँहरुकाे सुझाव लिने काम गर्छु । ”
महिला संग उपाध्यक्ष कार्यक्रम, अति विपन्न तथा एकल महिलालाई न्यानाे कपडा वितरण नाम दिईएकाे उक्त कार्यक्रम मार्फत करिब ५ सय जनालाई न्यानाे कपडा वितरण गरिने लक्ष्य रहेकाे उपाध्यक्ष राेकायले बताईन् । राेकायले भनिन् – “हाम्रा धेरै दाजुभाईहरु राेजगारीका क्रममा विदेश छन् । उहाँहरुले मेहनत गरि पठाएकाे पैसा सहि सदुपयाेग गर्नु पर्छ, बालबिवाह गर्न गराउन हुदैन, महिलामाथी कुनै पनि हिंसा भए न्यायिक समितिमा आउन समेत उहाँहरुलाई सुझाब दिने गरेकी छु ।” उनले अघाडी भनिन् – “न्यानाे कपडा वितरण भन्दा पनि आगामी दिनमा महिला दिदी वहिनीहरुकाे पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने प्रमुख उदेश्य हाे । उहाँहरुकाे सल्लाह सुझाबले हामीलाई सहयाेग गर्छ ।” राेकायले कार्यक्रममा सहभागी हुने महिलाहरुलाई धन्यवाद समेत दिने गरेकी छिन् ।
वडास्तरमा हुने कार्यक्रमहरुमा गाँउपालिका का प्रशासकिय प्रमुख जनकलाल चाैधरी, सम्वन्धित वडाका अध्यक्ष तथा सदस्यहरु, महिला तथा बालबालिका शाखाका प्रमुख तेज वहादुर साउद लगायतकाे समेत सहभागीता रहने गरेकाे छ । न्यानाे कपडा उपहार पाउनुका साथै एकआपसमा छलफल गर्न पाउँदा स्थानिय महिलाहरुले खुशी व्यक्त गरेका छन् ।











