काठमाण्डाै / भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी इपिएसका आन्दाेलनरत परीक्षार्थी आगाे लगाएका छन् साेहि क्रममा आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।
मन्त्री सवार हुने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको हाे।
प्रहरीकाे गाेलीबाट घाईते भएका अन्दाजी २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिएका छन् ।











