
डाेटी / विभिन्न कारणले लामाे समय देखि नेतृत्व नपाएकाे खप्तड क्षेत्र विकास समितिकाे अध्यक्षमा पुर्व संविधान सभा सदस्य हर्कबहादुर सिंहलाई नियुक्त भएका छन् ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले डाेटीका सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो । समितिको सदस्यमा अछाम साँफेबगर नगरपालिका ११ का लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका २ का गणेश बहादुर शाही नियुक्त भएकाे बताईएकाे छ ।
त्यस्तै बझाङ खप्तड छान्ना गाउँपालिका ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका ३ का हरिपाल थापा पनि सदस्यमा नियुक्त भएका छन् । त्यसैगरी महिला सदस्यमा डोटीको पूर्वीचौकी गाउँपालिका ५ की मनीषा धानुक नियुक्त भएकी छिन् ।

प्रशासनकाे प्रमुखका रुपमा रहने कार्यकारी अधिकृत पदमम बाजुराको बुढिनन्दा नगरपालिका ७ का भीम खड्का नियुक्त भएका छन् । नव नियुक्त अध्यक्ष सिंहले जलस्रोत, पर्यटन र कृषि देश विकासका प्रमुख क्षेत्र भएकोले सबैको सहयोगमा आफुले सक्दो राम्रो काम गर्ने बताए ।