युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामहरी ओझा / प्रचण्ड माधव नेपाल समूहको नेकपाको डोटी जिल्ला भेला आइतबार सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रस्ट दुई समूह देखिएको नेकपामा पहिलो पटक औपचारिक भेला आयोजना गरिएको हो । जिल्ला कमिटीको विस्तारित बैठक नाम दिइएको उक्त भेलामा जिल्ला कमिटीका एक सय ४५ सदस्यमध्ये एक सय सात जनाको सहभागिता रहेको जिल्ला  अध्यक्ष  चक्र मल्लले जानकारी दिए । भेलामा जिल्लाका नौ वटै स्थानीय तहका पार्टी कमिटीका अध्यक्षहरूको सहभागिता रहेको समेत सचिव जङ्ग विकले जानकारी दिए । सचिव विकले भने ‘ २० जना जिल्ला कमिटी सदस्यले हाम्रो समर्थन छ भन्नु भएको छ, एक सय ७ जना उपस्थित हुनुहुन्थ्यो ।’

भेलालाई सम्वोदन गर्दै नेकपा सुदूरपश्चिम प्रदेश समिति सदस्य नेपवहादुर चौधरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कु’ गरेको आरोप लगाए । पार्टीको सर्वोच्चता र संवैधानिक सर्वोच्चता भन्दामाथि उठेर प्रधानमन्त्री ओलीले संविधान विरोधी कदम चालेको बताए । उनले आफूहरूको लडाई कुनै व्यक्ति विशेषका विरुद्ध नभई प्रवृत्तिका विरुद्ध भएकोले संसद् विघटनका विरुद्ध पार्टीले गरिरहेको विरोधमा सक्रियतापूर्वक भाग लिन सबै कार्यकर्ताहरुलाई निर्देशन दिए ।

चौधरीले ओली समूहले कसैलाई मन्त्री वनाउने, कसैलाई सरकारी नियुक्तिमा लैजाने र कसैलाई केन्द्रीय सदस्य बनाउने लोभ देखाउँदै जति भिड देखाउने प्रयास गरेको भए पनि आधिकारिकता आफूहरूले पाउने दाबी गरे । उनले ओलीले पार्टी अनुशासनको गम्भीर उलङ्घन गरेको समेत दाबी गरे ।

विस्तारित बैठकले पुस २० गतेभित्र नौ वटै स्थानीय तहका पार्टी कमिटीहरूको बैठक बस्ने, १४ गते हुने जनप्रदर्शनहरुलाई व्यापक वनाउने लगायतका निर्णय गरेको सचिव बिकले वताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय