युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / पर्यटन व्यवसायी कृष्ण बहादुर महराको नेतृत्वमा कैलालीमा पाँच तारे होटल निर्माण हुने भएको छ । महराले कैलालीको खानीडाँडाँमा करिब ७ अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशमा रहेका विविध पर्यटकीय गन्तव्यहरुलाई प्राथमिकतामा राखेर सुदूरपश्चिममा हालसम्मकै ठूलो पाँच तारे होटल निर्माण गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘सुदूरपश्चिम पर्यटनका हिसावले भरिपूर्ण छ, हालसम्म पर्यटकीय दृष्टिकोणले सेवा सुविधायुक्त पाँच तारे होटल सुदूरपश्चिममा छैन, सो अभावलाई परिपूर्तिकाे निम्ति र सुदूरपश्चिमलाई पर्यटकीय हबका रुपमा विकास गर्न आवश्यक छ, त्यसैले हामीले पाँच तारे होटल निर्माण गर्दैछौं,’ उनले भने ।

उनका अनुसार होटलको निर्माणका लागि धेरै प्रक्रियाहरु अगाडि बढिसकेका छन् । हालसम्म होटलको लागि गुरुयोजना निर्माण नभइसकेको भएपनि अनुमानित ७ अर्ब रुपैयाँ लगानी लाग्ने उनको भनाई छ ।

‘हामीले करिब ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका छौं, होटल निर्माणका लागि गर्नु पर्ने प्रक्रिया तथा तयारीहरु भइरहेका छन्, कन्सेप्ट प्लान भइसकेको छ भने मास्टर प्लान भइहरेको छ, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि सुरु भइसकेको छ, अब चाँडै मास्टर प्लानको काम सकेर निर्माणको प्रक्रियामा पनि जान्छौं’, महराले भने ।

यस्तै, उनका अनुसार ७ अर्ब लगानीमा बन्ने होटलमा त्यहाँका १/२ सय जना स्थानीयहरुको पनि सेयर रहनेछ । यसमा ती सबै स्थानीयहरुको बराबर हिस्सा तथा सेयर रहने उनको भनाई छ ।

५ वर्षभित्र निर्माण सम्पन्न

महराका अनुसार सो पाँच तारे होटलको निर्माण कार्य आगामी ५ वर्षभित्र सम्पन्न हुनेछ । खानिडाँडा डिलक्स रिसोर्ट नाम रहेको सो होटलको निर्माणका लागि लगानी बोर्डसँग पनि सहकार्य भइरहेको उनले बताए ।

‘यो होटलमा स्थानीयहरु सँगसँगै विदेशी लगानी पनि हुन्छ, होटलमा विदेशी लगानी ल्याउनका लागि लगानी बोर्डसँग कुरा भइहरेको छ, विदेशी लगानी ल्याउन सके हामीलाई काम गर्न पनि सहज हुन्छ,’ उनले भने ।

होटल निर्माण गरेर सुदूरपश्चिमको आर्थिक मेरुदण्डको रुपमा त्यसलाई विकास गर्ने योजना हरेको उनको भनाई छ । लगानी बोर्ड मार्फत विदेशी लगानी भित्र्याउने प्रक्रिया भइरहेको बताउँदै उनले विशेष गरेर विदेशी पर्यटकहरुका लागि एउटा व्यवस्थित र सुविधायुक्त होटलका रुपमा विकास गरेर सुदूरपश्चिममा पर्यटकहरुको आकर्षण बढाउने बताए ।

भारतीय पर्यटक प्राथमिकतामा

सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले धेरै सम्भावना भएको प्रदेश भएपनि भौतिक पूर्वाधारहरुको कमिका कारण उल्लेख्य मात्रामा पर्यटक आउने गरेका छैनन् । सो समस्यालाई मध्येनजर गरेर निर्माण हुने खानीडाँडाँ डिलक्स रिसोर्टको मुख्य प्राथमिकतामा भारतीय पर्यटकहरु हुनेछन् ।

महराका अनुसार ९५ प्रतिशत भारतीय पर्यटकलाई भित्र्याउने उद्धेश्यका साथ काम गर्न थालिएको हो । ‘कैलाश मानसरोवरमा भारतीय पर्यटकलाई तिर्थयात्रा घुमाउनेदेखि लिएर सुदूरपश्चिमका पर्यटकीय स्थलहरु अपी, साइपाल, रामारोशन, बडिमालिका, खप्तडमा हेलिकप्टरमार्फत घुमाउनको लागि हामी व्यवस्था गर्नेछौं, यसले सुदूरपश्चिम मात्र होइन देशकै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ, नयाँ सोच र योजनाका साथ हामी काम गर्दैछौं,’ उनले भने ।

को हुन् महरा ?

२०५६ सालदेखि होटल व्यवसाय सुरु गरेका महरा विषेशगरी पर्यटक व्यवसायीका रुपमा परिचित छन् । सुरुमा कैलालीको धनगढीमा होटल डिभोटी सञ्चालन गरेर सुदूरपश्चिमको पर्यटन विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका महरा नेपाल पर्यटन बोर्डको सदस्यमा समेत आवद्ध छन् ।

हाल उनले होटल डीभोटी बिक्री गरिसकेका छन् । डीभोटीलाई होटेललाई अपग्रेड गर्न १५-२० करोड थप लगानी गर्नुपर्ने, क्यासिनोको लाइसेन्स लिनुपर्ने, सरकारी जग्गा लिजमा लिनुपर्ने भएको र यसमा सरकारी स्तरबाटै असहयोग भएपछि होटल बिक्री गर्न बाध्य भएको उनको भनाई छ ।

उनी डिभोटी प्रपर्टिस प्रा.लि, कन्चन स्काई प्रा.लि, पटियानी रिसोर्ट (चितवन), रिभर साइड फनपार्क रिसोर्ट प्रा.लि (चितवन), लगायत व्यवसायमा उनको सेयर छ । हाल निर्माण हुन लागेको खानीडाँडाँ डिलक्स रिसोर्ट प्रालि समुन्द्र सतहीबाट ४ हजार फिटको उचाईमा छ । खानीडाँडाँबाट विभिन्न रमाइला पहाडहरुको दृश्यावलोकन गर्न पाइन्छ ।

विशेष गरेर गर्मी मौसममा धनगढी र कञ्चनपूरलगायतका ठाउँहरुबाट मानिसहरु गर्मी छल्न खानीडाँडाँ जाने गरेका छन् । विकाश न्युजले समाचार लेखेकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय