
डाेटी / सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सभामुख अर्जुन बहादुर थापालाई काेराेना संक्रमण भएकाे छ ।
केहि दिन देखि अस्वस्थ भए पश्चात शनिवार उनकाे पिसिआर परिक्षण गरिएकाे थियाे । परिक्षणका क्रममा उनलाई काेराेना भाईरसकाे संक्रमण पुष्टि भएकाे सभामुखकाे निजि सचिवालयले जनाएकाे छ ।

सामाजिक संजाल फेसबुक मार्फत सभामुख थापाकाे स्वकिय सचिव कविन्द्र राेकायाले उक्त कुराकाे जानकारी दिएका हुन् । सभामुख थापा अहिले आफ्नै निवासमा आईसाेलेसनमा बसेकाे सचिवालयले जनाएकाे छ । स्वकिय सचिव राेेेेेकायाका अनुसार सभामुख थापालाई शरीर दुखाईकाे समस्या देखिएकाे र हल्का ज्वराे आएकाे छ । सचिवालयले सभामुख थापाकाे स्रिघ स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।