
नरेश बहादुर बाेगटी / रामकाे बिहे भएछ, बिहे र भाेजमा सहभागी हुन नपाएका श्याम बिहे भाेज सकिएकाे दोस्रो दिन गएछन । चिसो महिना मासु भात खान पाएपछि मख्ख भएछन् । फेरि तेस्रो दिन रामकाे साथी श्यामकाे पनि साथि हरि गएछन, केही बचेको मासुको र सुपसंग भात खाएछन । चाैथाे दिन रामकाे साथी श्याम र श्यामकाे साथी हरि र हरिकाे पनि साथी दिनेश गएछन, उनलेे पनि दुई टुक्रा मासु र झाेलभात पाएछन ।
पाचौं दिनमा रामकाे साथी श्याम ,श्याम काे साथी हरि ,हरिकाे पनि साथी दिनेश र दिनेश काे पनि साथी भिमलाल गएछन, रामका बा आमाले तपाईं काे हो बाबु भनेछन् भिमनलाले क्रमशः रामकाे साथीकाे ,,, साथीकाे ,,, साथीकाे,,,, साथीकाे पनि साथी भनेछन् ,, दालभात भिमलाललाई राखेछन् , मासु नभएको नुनिलो अलिक पहेँलो मसला भएको झाेल जस्तो राखेछन् । खानामा मासु खै बा आमा भिमलालले भनेछन् ।

जवाफमा, तपाईं रामबाबुकाे खास काे बाबु फेरि भनेछन् , मेरो साथीकाे पनि साथी ,,,, साथीकाे पनि साथी ,,,, साथीकाे पनि साथी ,,,,,, साथीकाे पनि साथी हो राम ! त्यसकारण रामकाे बिहेको अवसरमा मासु भात खान पुगेको ! ठिकै छ बाबु मासु पनि सकियो ,,,, त्यसकारण बाबुलाई पनि क्रमशः मासुको पनि मासु,मासुको पनि मासु,मासुको पनि मासु,मासुको पनि मासु लाष्टा झाेल दिन बाध्य भयौं ! हो नेपाली राजनीतिक यात्रामा नेपाली काङ्ग्रेसको हविगत त्यो भएको छ, तीन दशक राज गरेर फेरि सत्ताको रयाल चुहाउन थालेको देखिन्छ ।