युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

डाेटी / वि.सं. २०७० सालमा प्रत्येक व्यक्ति व्यक्तिबाट मासिक ५ रुपैंया जम्मा गर्दै शुरु गरेको डोटीको एक सहकारी अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।

आदर्श गाउँपालिका वडा नं. २ मौवा नगरदहमा रहेको श्री नमा शिवशक्ति बचत तथा ऋण सहकारी सँस्थाले करोडौंको कारोबार गर्न सफल भएको हो ।

शनिबार सम्पन्न उक्त सहकारी सँस्थाको पाँचौं साधारण सभामा दिईएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा १ करोड ५१ लाख ७२ हजार ८ सय १४ रुपैंयाको कारोबार गरेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म कारोबार बढेर करिब १ करोड ७५ लाख जति पुगेको उक्त सहकारी सँस्थाका कोषाध्यक्ष चन्द्रदेव ओझाले जानकारी दिए ।

जम्मा ४ सय जना शेअर सदस्य रहेको उक्त सहकारीले अहिले आदर्श गाउँपालिकाभरी नै कार्यक्षेत्र बिस्तार गरेको छ । वि.सं. २०७२ सालमा दर्ता भएको उक्त सहकारीले बचत तथा ऋण सेवा दिंदै आएको छ भने अहिले आफ्नै जमीन तथा कार्यालय भवन रहेको सहकारीले २ जनालाई प्रत्यक्ष रोजगारी पनि प्रदान गरेको जनाईएको छ ।

सो सहकारीको पाँचौ साधारण सभामा प्रमूख अतिथिका रुपमा बोल्दै आदर्श गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर बिष्टले श्री नमा शिवशक्ति बचत तथा ऋण सहकारी सँस्था आदर्श गाउँपालिकाका सबै वडाहरुमा विस्तार भएर काम गरिरहेकोले नमूना सहकारी भएको बताए । साथै गाउँपालिकाबाट सो सहकारीका लागि हुनसक्ने सहयोगका लागि आफ्नो प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै सो सहकारी सँस्थाका अध्यक्ष मोहन बहादुर खड्काले निकट भविष्यमै सहकारीमार्फत बैंक सुविधा पनि सञ्चालन गरिने प्रतिबद्धता जनाए । साथै यतिञ्जेलसम्म सहकारी सँस्थालाई अगाडी बढाउन सघाउने सबैलाई अध्यक्ष खड्काले विशेष धन्यवाद सहित आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि सबैलाई आग्रह गरे ।

यस सहकारी सँस्थाले डेरी सञ्चालन, तरकारी खेती, कुखुरा पालनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको छ ।

यसैबिच आदर्श गाउँपालिकाको गौरवको योजना मौवा नगरदहमा केहि समय पहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको डिप बोरिङ् खानेपानी योजनाको समेत काम गरेकाले सोको सामाजिक परीक्षण कार्यक्रम सहित परियोजना पनि शनिबार नै हस्तान्तरण गरेको छ । प्रेम नेपालीले नजर अनलाईनमा समाचार लेखेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय