
सिलगढी / डोटीको बोगटान फड्सिल गाँउपालिकाका ६ जनामा शुक्रवार कोरोना भाईसरको संक्रमण पुष्टी भएको छ ।
यो संगै उक्त गाँउपालिकामा कोरोना संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने जिल्ला भरमा ९ सय ६२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
उक्त गाँउपालिकाको वडा नं. ५ का १ महिला सहित ३ पुरुष, वडा नं. ६ को एक महिला र वडा नं. ७ को १ पुरुषमा कोरोनाको संक्रमण रहेको स्वास्थ्य कार्यालय डोटीले पुष्टी गरेको हो ।