
काठमाण्डाै / मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् ।
फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।

‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारिन् ।
कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज (शनिबार) सम्पन्न भएको हो।