शुशीला पन्त / सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा पर्ने सायल गाँउपालिका प्रवल पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
पछिल्लो समय सायल क्षेत्रको पर्यटन विकासमा टेवा पुराउने उदेश्यका साथ नेकपा युवा नेता समेत रहेका तेज डुम्रेल सहितको युवाहरु पछिल्लो समय सक्रिय भएका छन् । सायलमा आलु सुदुरपश्चिम प्रदेश मात्र नभई छिमेकी मुलुक भारत सम्मका लागी प्रशिद्ध मानिन्छ । अशितोला गुफा सायल क्षेत्रमा नै पर्छ ।
सायल क्षेत्रमा पर्ने मालिका क्षेत्र डोटेली स्याउका लागी प्रशिद्ध मानिन्छ । मालिका मन्दीरमा पुग्दा प्राकृतिक अनुपमदृष्यावलोकन गर्न सकिन्छ । उच्च क्षेत्रमा मालिका मन्दीर रहेका कारण त्यो क्षेत्र बाट तल हेर्दा आफु बादल माथी भएको आभास हुने तेज डुम्रेल बताउन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज संग जोडिएको उक्त गाँउपालिकाको अर्को महत्वको पर्यटकिय क्षेत्र भेलछडा झरना हो । उक्त क्षेत्रको कला संस्कृति रिति रिवाज पनि पर्यटनका दृष्टीमा महत्वपुर्ण रहेको सायलका कर्ण देउवा बताउन्छन् ।
\
फोटो : कर्ण वहादुर देउवा