
एजेन्सी / चर्चित बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान निकै चर्चा रहन्छिन्। उनि हालै २० वर्ष पुरा भएकी छन् । उनले २२ मेमा आफ्नो जन्मदिन मनाएकी छन् ।
सन् २००० मा मुम्बईमा जन्मिएकी सुहानाले हालसम्म बलिउडमा डेब्यु गरेकि छैनन् । तर उनलाई फिल्ममा देख्न चाहाने फ्यानको संख्या भने ठुलो छ ।

उनी बलिउड किंग शाहरुखकी छोरी हुनुका साथै आफ्नो स्टाइल र ड्रेसिंग सेन्सका कारण उनि सामाजिक संजाल तथा मिडियामा निरन्तर चर्चामा हुन्छिन् ।
सुहाना आफ्नो पहिरनका कारण हमेशा चर्चामा छाउने गरेकी छन् । सामाजिक सञ्जालमा केहि बर्षअघि मात्र जोडिएकी उनको इन्स्टाग्राममा साढे ८ लाख फलोअर्स छन् ।
सुहाना खानले गतबर्ष नै स्नातकको अध्ययन सकाएकी छन् भने अहिले अभिनय र नृत्य सिक्नमा ब्यस्त छिन् ।