
कञ्चनपुर / सुदुरपश्चिममा समेत नक्कली नाेट छाप्ने कारखाना भएकाे खुलासा भएकाे छ । नक्कली नाेट छापि काराेवार गर्ने एक दम्पतीलाई प्रहरी पक्राउ गरेकाे छ ।
कञ्चनपुर प्रहरीले विशेष सुराकीका आधारमा एक पसलमा छापाहान्दा नेपाली नक्कली नेपाली बनाउने गरेकाे रहस्या बाहिर आएकाे हाे । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरुकाे डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ। नक्कली नाेट सहित आईतबार एक युवक पक्राउ परेपछि उक्त रहस्य बाहिर आएकाे हाे ।