काठमाण्डौ / सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको विविसिले जनाएको छ ।
लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे बताईएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको विविसिले जनाएको छ ।
बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताउनुभएको बीबीसीले जनाएको भए पनि बैठकमा कुनकुन पाँच बुदामा सहमति भयो भन्ने बारे उल्लेख गरिएको छैन ।