युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डाेटी / राष्ट्रिय समाचार समिति (रासस) का संस्थापक डाेटीका पुराना पत्रकार धन बहादुर मल्लले पानसमा दियाे बाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समन्वय समिति डाेटीकाे कार्यालय उद्घाटन गरेका छन् ।

उक्त पार्टीले दिपायल सिलगढी नगरपालिका वडा नं. ६ काे मल्लाे बजारमा आफ्नाे कार्यालय संचालन गर्दै आएकाेमा आज शनिवार साेहि स्थानकाे केही मुनी आफ्नाे पार्टी कार्यालय सर्दा प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएका बहु प्रतिभाका धनी मल्ल द्वारा आफ्नाे पार्टी कार्यालय संचालनमा ल्याएका हुन् ।

पार्टीहरुकाे पुरानाे संस्कार हेर्दा सम्वन्धीत पार्टीका मल्लाे तहका नेतालाई कार्यक्रमका प्रमुख अतिथिकाे रुपमा निम्ताईने भए पनि उक्तपार्टीकाे डाेटी संगठनले प्रतिष्ठित समाजसेवीलाई प्रमुख अतिथिकाे रुपमा निम्ताउदै पुरानाे संस्कारमा परिवर्तन गरेकाे हाे ।

प्रमुख अथिति पत्रकार मल्लद्वारा पानसमा बत्ती बालेर नयाँ पार्टी कार्यालयकाे उद्घाटन गरिएकाे हाे । नयाँ कार्यालय दिपायल सिलगढी नगरपालिका -६ अबस्थित पुरानाे पार्टी कार्यालय भन्दा अलि तल अर्थात् पुरानाे नेकपा एमालेकाे पार्टी कार्यालय रहेकाे घरमा सारिएकाे जिल्ला संयाेजक केशब बलायरले बताए । साथै उक्त कार्यक्रममा क्षेत्रीय समिती सदस्य,पालिका सभापती, पार्टी सदस्य, समाजसेवी तथा काङ्ग्रेस नेता भेसराज जोशी , समाजसेवी गणेश जोशी लगायत स्थानियकाे सहभागिता रहेकाे संयाेजक बलायरले जानकारी दिएका छन् ।

जनताको गुनासो र सुझाब संकलन गर्न आजैको मिति देखि गुनासो तथा सुझाब पेटीका राख्ने काम गरिएकाे उक्त पार्टीले जनाएको छ । आगामी दिनमा छिटो भन्दा छिटो हेल्प लाईन नम्बर संचालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् । कार्यक्रमकाे सञ्चालन प्रदेश नेतृत्वकर्मी तथा मानव संसाधन विकास विभागीय सदस्य केशव परियारले गरेकाे बतायरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय