युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा टोलकी १७ वर्षीया किशोरी अमृता कुमारी साहको रहस्यमय हत्याकाण्डको पर्दाफास भएको छ। तीन साता लामो अनुसन्धानपछि किशोरी हत्याको गुत्थी खुलेको हो।

हत्यामा आफ्नै बाबुआमादेखि भिनाजुसम्मको संलग्नता रहेको पाइएको छ। गत कात्तिक २६ गते राति साढे ११ बजे अमृताको हत्या भएको थियो। विवाहपछि सम्बध राम्रो नभएपछि माइतीघरमा बस्दै आएकी अमृता त्यस दिन आमासँगै सुतिरहेकी थिइन्। तर आमा ट्वाइलेट गएको बेला एक अज्ञात समूह अमृताको कोठामै पसेर उनको हत्या गरेको थियो। अृमताको दाहिनेतर्फको कन्चनटमा गोली हानेर उक्त समूह फरार भएको थियो।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय थारु भनिने सोसिन्द्र प्रसाद भगतसँग अमृताको विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको थियो। अमृताको प्रेम सम्बन्ध रहेपनि उनका बाबुआमाले जबरजस्ती गत फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह गरिदिएका थिए।

‘त्यसपछि भने घटनाले अर्कै रुप लिएको देखियो अमृतासँग विवाह भएपछि रुपेशमाथि ज्यान मार्ने उद्देश्यले छुरासमेत प्रहार भएको देखियो‚’ रौतहटका एसपी सिद्धिविक्रम शाहले भने।

त्यसपछि अमृता माइती आएर बस्न थालेकी थिइन्। गत असारमा रुपेश साह र अमृताबीच सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद भएपश्चात् रुपेशले पक्षबाट अमृता र उनको प्रेमी सोसिन्द्र विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराए।

अमृता र सोसिन्द्रबीचको प्रेम सम्बन्ध भने अमृताका बाबुआमालाई स्वीकार थिएन।

‘उक्त मुद्दामा छोरी पक्राउ परेमा इज्जत जाने डर, प्रेमी सोसिन्द्र भागी जाने सधैंको डर, प्रेमका कारण माइतीमा आई बसेकोले गाउँघरमा कुरा काट्ने गरेकाले समाजबाट अपहेलित हुने डरजस्ता कारणले उक्त घटना निम्त्याएको देखिएको छ‚’ एसपी शाहले भने।

जसकारण अमृताका बाबु रामअयोध्या साह र अमृताको भिनाजु लक्ष्मण साहले जिल्ला रौतहट परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ सुपारी दिएर छोरीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

यो योजनाअनुसार अृमतालाई भारत लगेर मार्नुपर्ने थियो। कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लाने उतै मार्ने योजना पनि बनेको अनुसन्धानबाट खुलेको छ। तर उक्त योजना भने सफल हुन सकेन। त्यसबेला अमृताले भागेर ज्यान बचाएकी थिइन्। उनी भागेर आफ्नो घर माधवनारायण नगरपालिका–७ पुगेकी थिइन्।

पहिलो पटकको योजना असफल भएपछि पुनः अर्को योजना बनाइयो। कात्तिक २६ गते अमृताका बाबु रामअयोध्या, भिनाजु लक्ष्मणले रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया कुरुनीया बस्ने कैमुल देवानलाई १ लाखको सुपारी दिएर अमृताको हत्या गर्ने योजना बनाए। सोही योजनाअनुसार अमृतकी आमा ट्वाइलेट गइन्। त्यही मौकामा कैमुलसहितका व्यक्तिले अमृताको कन्चटमा गोली हानी हत्या गरेको खुल्न आएको एसपी शाहले बताए।

अमृताको हत्या आरोपमा प्रहरीले जिल्ला रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनिया बस्ने अन्दाजी ६० वर्षीका शेख अलियास, सोही ठाउँका अन्दाजी ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, सोही ठाउँका ३६ वर्षीय इम्ताज, अृमताको बाबु रामअयोध्या, आमा सीतादेवी, रौतहटको परोहा नगरपालिका–४ का ४६ वर्षीय छोटेलाल साह र १ लाख रुपैयाँ सुपारी लिने कैमुललाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। नेपाल लाईभले समाचार लेखेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय