युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मुलुकका सबै राज्य संयन्त्र अहिले एकदम कमजोर छन्। यस्तोमा यहॉ राजनीतिक मल्लयुद्ध भइहाल्यो भने सारा अनुमान र ऑकलनले हावा खानेछ। इतिहास निर्मम हुन्छ, जनता आक्रोशित छन्, यस्तोमा कसैको पनि सुरक्षा कसैबाट हुन मुस्किल पर्नेछ। पलायन गर्ने सोच र पूर्वयोजना छ भने मजाले भिड्ने दुस्साहस गर्दा हुन्छ। समझदारलाई ईसारा काफी हुन्छ- युद्धमा हारेर जित्ने कि जितेर हार्ने ?

नेकपा दल भनेको दुई अध्यक्षको मनमानीमा चल्ने क्लब हो। जे काम पनि दुई जना अध्यक्षको सहमतिमा मात्र गर्नुपर्छ तर त्यहॉ मेरो कुरा मात्र सबैले मान्नुपर्छ, दुईजना अध्यक्ष भए पनि म मात्र रियल अध्यक्ष हुँ, अर्को त फाल्तु जोकर हो। दुई जनै सहमत भएन भने पार्टीको कुनै निर्णय वैध हुदैन भन्ने तर आफू सहमतिमा भने कहिल्यै नआउने, बैठक नै नबसाल्ने, बसे पनि भागीभागी हिड्ने, सार्ने, स्थगित गर्ने, कुनै पार्टी पद्दति वा लोकतान्त्रिक पद्दति नअपनाउने, प्रमका अगाडी अरू कार्यकर्ता, दलका नेताहरू, प्रदेश सरकारहरू, राज्यका अंगहरू, जनता सबै मेरा नोकर, चाकर, दास र रैति हुन् भन्दै हिड्ने स्थितिमा सरकार र दल चलेको ३ वर्ष पुग्नै ऑटेको छ। मुखियाउपर अविश्वासको प्रश्न उठिसकेपछि दलका विभिन्न वैधानिक निकायबाट वा संसदीय दल वा संसदमा बहुमत पुष्ट्याई गरेर हेर यी म बहुमतमा छु है, नजिस्काउ भन्न डराउने, कुनै तरिकाको समस्याको निरूपण नगर्ने, अध्यक्ष भएर आफै बैठक बोलाउनु पर्नेमा बिभिन्न बहाना बनाएर खोपीमा लुक्न हो र? कहिले बिरामी छु त कहिले कोरोना छ भन्ने, म कसैको कुरा सुन्दिन, मान्दिन, कानुन, संविधान, दल, विधान र कमिटीहरू मेरा पैतालीमुनिका धुलो हुन् भन्दै कसैलाई टेर्दिन, मान्दिन, ल के गर्न सक्छस् गर भन्दै हिड्न पाईन्छ? यस्तो पनि सरकार र दल संचालन हुन्छ? यस्तो पनि लोकतन्त्र हुन्छ? यस्ता कुसंस्कारबाट अर्को राजनीतिक पुस्ताले के सिक्छ? अनि नेपालमा गणतन्त्र भनेको निर्लज्ज, सर्वाङ्ग निवस्त्र ब्यवस्था हो भनेर पुष्टि गर्न खोजिएको हो त?

हो भने, गणतन्त्र यस्तो हो भनेर पुष्टि गरिदिएर बॉदरलाई लिस्नो हालिदिने ‘महान’ नेताप्रति सबै नेपालीको ऑखा खोलिदिएकोमा सबैले आभार ब्यक्त गर्नुपर्छ। नेपालीको दिव्यऑखा खोलिदिएका ‘महान’ नेताप्रति गदगद हुदै सबैले धन्यवाद दिदै इतिहासमा अनुग्रहित हुनुपर्छ, धन्यवाद दिनुपर्छ। गणतन्त्रलाई आर्यघाटको शवदाह गृहभित्र पुर्याएर खरानी बनाएवापत ‘महान’ नेताको नाम इतिहासमा ‘सुनौलो’ अक्षरले अवश्य लेखिनेछ। मिले मिल, नमिले नमिल, त्यसले नेपालको राजनीतिमा तात्विक फरक अब कहिल्यै पार्नेवाला छैन, बागमती र विष्णुमतिमा ढलको बाढी मस्तै बगिसकेको छ। आगे जो होगा देखा जाएगा!

भ्रष्टाचार, गुटबाद, क्षेत्रबाद, जातिबाद, राज्यको स्वेत आतंकहरू राजनीतिक मुद्दा बनेपछि मात्र ती फौजदारी मु्द्दा बन्छन्। फौजदारी मुद्दा बनाएर तह लगाउन सत्तामा गएपछि मात्र सकिन्छ, दलभित्र त राजनीतिक मुद्दा मात्र बन्ने हो। बढीमा अनुशासित दल भए दलभित्र छानबीन आयोग बनाएर लजिकल एण्ड हुन सक्छ। वा, राजनीतिक प्रकृयामार्फत आरोपितलाई पदच्यूत गर्न सक्छन्। पदच्यूत भएपछि कथाको भाग २ सुरू नगरी धरै पाइदैन। ब्रह्मास्त्रले टार्गेट भेटाएन भने अस्त्र हान्नेलाई नै फर्केर (बुमेराङ) शिकार बनाएर ध्वस्त पार्छ। ब्रह्मास्त्र छोडिएको छ । बामदेवहरूले ०५४ सालमा नयॉ माले दल बनाउदा पनि २२ बूँदे यस्तै गंभिर आरोप ओली र एमालेका नेताहरूलाई लगाएका थिए ।

तर, अहिले ती आरोपित भ्रष्टाचारी र आरोपकर्ता दुबै मिलेर सत्तासुन्दरी अगालो मारेर भोग गरिरहेका छन्। अहिले नेकपा दलभित्र ओलीमाथिको तमाम आरोपका मुद्दाको छानबीन र तहकिकात आगामी सरकारले अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाएर गर्नुपर्ने दायित्वको ठूलो खम्बा सदाका लागि स्वयं नेकपाले नै भविष्यका लागि खडा गरिदिएको छ। बॉच्नुपर्छ, जे जे खोजेको हो देखिने छ-यसका राजनीतिक एवं फौजदारी असर कुनै दिन छिट्टै भविष्यमा।

यसका लागि पाकिस्तान, फिलिपिन्स, बंगलादेश, दक्षिण कोरियालाई हेरे हुन्छ। ती देशमा पूर्व शासकहरू सबका सब कि खोरभित्र छन् कि बिदेशमा शरणमा छन्, ज्यानको खतरा भयो भन्दै! मैले न प्रचण्डसहितका ५ नेताले के लेखे, न ओलीले के जवाफ दिए वा कसले के आरोप लगाए? किन लगाए? ती कुनै पनि दस्तावेज पढेको छैन, न पढ्ने जॉगर , न पढ्नेछु। काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर गर्ने मेरो बानी छैन।

जति जो उफ्रे पनि सत्तारूढ दलभित्र रूवाबासी सत्ताका लागि छिनाझप्टी र मै खाउँ मै लाउँ सुख सयल मै गरूँ मरून् दुर्बल जनताहरू भन्ने नै हो। अरू किर्ना र परजीबीहरू लाखे नाच पेटपाल्नका लागि नाचेका मात्र हुन्, अचम्म हैन। तर जनताको रूवाबासी सरकारले कुकुरलाई नदिएको सास्ति हामीलाई दिईरहेको छ भन्ने हो। जनताको नजरमा इतिहासमै यो भन्दा निकम्मा, परपीडक, समयको बर्बादी गर्ने जनताको भावनामा तुषारापात गर्ने पत्तुर सरकार आजसम्म देखिएको थिएन। ०३५ सालदेखि म देशको राजनीतिमा अवलोकनको चॉसो गर्दै आएको अनुभवले बोलेको हो। मान्छे भनेको वचनको पक्का मात्र हुन्छ, वचनच्यूत चैँ मान्छे हुन सक्दैन। सरकार भनेको पनि जनतालाई दिएको बाचा वचन नै हो। वचन नै गोलखॉडी खाएपछि अब कुनै संभावना बच्ने कुरै छैन।

जनताको नजरमा अहिले यहॉ सरकार छैन, परपिडक गुट सत्तामा छ। नेताहरू लडून् कि गॉण कोराकोर गरून् कि टाउको फोराफोर गरून्, जनतालाई मतलब छैन, यो रमिता मात्र हो, तिनीबाट रत्ति आश छैन। राजतन्त्रको गोबर खाने कि गणतन्त्रको गुहु भन्ने बिकल्पमा जनतालाई नेताहरूले फँसाएका छन्।

आजकल हवाईजहाज अटो पाईलटिंग हुने गर्छ, पाईलट निदाउदै गर्छ जहाज उडिरहन्छ। अवतरण वा टेकअफ गर्दा वा बीचमा कुनै संकट आउदा मात्र पाईलटको क्षमता प्रदर्शन हुन्छ। सामान्य अवस्थामा सामान्य पाईलटले मजाले जहाज चलाउन सक्छ। मुलुक चलाउने पनि त्यस्तै हो। सामान्य अवस्थामा जसले पनि देश चलाउन सक्छ । तर जब देशमा संकट आईलाग्छ त्यसबेला विलक्षण क्षमता भएका नेताले मात्र पार लगाउन सक्छ। नेतृत्वको परीक्षण हुने नै यस्तै संकटको बेला हुने हो। जहाज क्र्यास भए होस् भन्नका लागि डुकुलण्ठूले पनि नेतृत्व गरे हुन्छ। नेपालमा राजनीति उतारचढावको निश्चितचक्र हुदै आएको छ। त्यो चक्र १०-१२ वर्षमा एक फन्को लागेर नयॉ परिवर्तन खोजिरहेको इतिहासले प्रष्ट देखाउदै आएको छ।

०२६, ०३६, ०४६, ०६२/६३ पछि अहिले त्यो चक्रको अवधि ३ वर्ष बढी पार गरिसकेको छ। त्यसैले सायद नयॉ राजनीतिक परिवर्तनको चर्का चर्का घन्घनाउदो आवाज पनि घन्किरहेको देखिदै छ। ज्वरो १०५ पुगेकोछ, पानीपट्टी ले काम नगर्न सक्छ। यो राजनीतिक वनबासको १४औँ वर्ष हो।

नेताहरू स्मार्ट भए सक्षम धाईआमाको काम गरेर राजनीतिक परिवर्तनको कडा प्रशव पिडा कम पार्दै आमा र बच्चा सकुशल रहने गरी प्रशव गराउछन्। हैन भने, कबाडी नेता सिद्ध भए भने राजनीतिक प्रशवमा आमा वा बच्चा वा दुबै सोत्तर हुन बेर लाग्दैन।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय