डोटी / आज शुक्रवार देशका चार ओटा प्रदेशमा पानी पर्ने पुर्व अनुमान गरिएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । अहिले पनि देशभर बादल लागेर गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानीसमेत परिरहेको र दिउँसो पनि देशभर बादल लागेर केही ठाउँमा सामान्यदेखि आंशिक पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
अहिले न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।