
नेकपामा अहिले चरम विवाद चलेकाे छ । पार्टीका दुई अध्यक्ष विचमा चलिरहेकाे विवाद समाधानका लागि तीन पटक पार्टी सचिवालय बैठक बसि सकेकाे भए पनि विवाद समाधान अघि नवढी अझै बल्झि रहेकाे जस्ताे देखिन थालेकाे छ ।
सामाजिक संजालमा मात्र हाेईन हाेटल चाेकहरुमा समेत नेकपा विवाद र फुटकाे संघारमा पुगेकाे चर्चा हुन थालेकाे छ । यसशे विच सामाजिक अभियन्ता तथा नेपाल सरकारका पुर्व सचिव भीम उपाध्याय प्रश्न गर्छन्, के पार्टी दुई अध्यक्षकाे मनमानी चल्ने क्लब हाे र ? उपाध्यायले नेपालमा गणतन्त्र नफापेकाे तर्फ समेत संकेत गरेका छन् । उनी अधाडि लेख्छन्,

“पार्टी भनेको दुई अध्यक्षको मनमानीमा चल्ने क्लब हो। जे काम पनि दुई जना अध्यक्षको सहमतिमा मात्र गर्नुपर्छ तर त्यहॉ मेरो कुरा मात्र सबैले मान्नुपर्छ, दुईजनाअध्यक्ष भए पनि म मात्र अध्यक्ष हुँ अर्को फाल्तु जोकर हो, म सहमत भइनँ भने पार्टीको कुनै निर्णय वैध हुदैन भन्ने तर सहमतिमा भने कहिल्यै नआउने, बैठक नै नबसाल्ने, बसे पनि भागीभागी हिड्ने, सार्ने, स्थगित गर्ने, कुनै पार्टी पद्दति वा लोकतान्त्रिक पद्दति नअपनाउने, प्रमका अगाडी अरू कार्यकर्ता, दलका नेताहरू, प्रदेश सरकारहरू, राज्यका अंगहरू , जनता सबै मेरा नोकर, चाकर, दास र रैति हुन् भन्दै हिड्ने ।
प्रश्न उठे विभिन्न दलका वैधानिक निकायबाट वा संसदीय दल वा संसद बहुमत पुष्ट्याई गरेर म बहुमतमा छु है नजिस्काउ भन्न डराउने, कुनै तरिकाको समस्याको निरूपण नगर्ने, अध्यक्ष भएर आफै बैठक बोलाउनु पर्नेमा बिभिन्न बहाना बनाएर खोपीमा लुक्ने, कहिले बिरामी छु कहिले कोरोना छ भन्ने, म कसैको कुरा सुन्दिन, मान्दिन, कानुन, संविधान, दल, विधान र कमिटीहरू मेरा पैतालीमुनिका धुलो हुन् भन्दै कसैलाई टेर्दिन, मान्दिन, ल के गर्न सक्छस् गर भन्दै हिड्ने! यस्तो पनि सरकार र दल हुन्छ? यस्तो पनि लोकतन्त्र हुन्छ? अनि गणतन्त्र भनेको निर्लज्ज सर्वाङ्ग निवस्त्र ब्यवस्था हो भनेर पुष्टि गरिदिने?
गणतन्त्र यस्तो हो भनेर पुष्टि गरिदिएर बॉदरलाई लिस्नो हालिदिने महान नेताप्रति सबै नेपालीको ऑखा खोलिदिएकोमा सबैले आभार ब्यक्त गर्नुपर्छ। सबै नेपालीको ऑखा खोलिदिएका महान नेताप्रति गदगद हुदै सबैले धन्यवाद दिदै इतिहासमा अनुग्रहित हुनुपर्छ। धन्यवाद दिनुपर्छ।
गणतन्त्रलाई आर्यघाटको शवदाह गृहभित्र पुर्याएवर खरानी बनाएवापत महान नेताको नाम इतिहासमा ‘सुनौलो’ अक्षरले अवश्य लेखिने छ।”