डोटी / मध्ये पहाडी लोक मार्ग संकल्पको यात्रा नामक अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओलीले डाेटीमा सम्वाेधन गरेकाे कार्यक्रममा जनसहभागीता न्युन देखिएकाे स्थानियले बताएका छन् ।
मुलुककाे ठुलाे दलकाे केन्द्रीय अध्यक्ष सहितकाे केन्द्रीय समितिका विशिष्ट नेताहरुकाे उपस्थिति रहेकाे कार्यक्रममा देखिनु पर्ने जस्ताे जनसहभागीता नहुनुले धेरै प्रश्न उब्जेकाे स्थानियले बताएका छन् । डाेटी एमाले जुन प्रकारले तयारी गरेकाे थियाे त्यस्ताे प्रकारकाे जनसहभागीता नदेखिएकाे स्थानियकाे बुझाई छ ।
स्थानिय लाल वहादुर थापाले भने- नेताहरुकाे भाषण सुन्दा सुन्दा सबै थाकिसके, अब काे आउन्छन् भाषण सुन्न । भाषण मात्र हाेईन अब चुनाबमा मत हाल्नेकाे संख्या पनि घट्छ । उनले प्रश्न गरे – भाेट हाल्नकै लागि गाउँ जादा ४/५ हजार खर्च गरेर किन जान्छन् ?
डाेटीका एक अर्का स्थानियले गाउँमा जात मेला लागेकाेले, केही मानिसहरु मेला हेर्न गएका कारण पनि कम भएकाे जिकिर गरे ।
त्यस्तै स्थानिय रघुनाथ जाेशीले भने – पहाड खाली भई सक्याे, पहाडमा मान्छे नै छैनन् कहाबाट आउन्छन् अनि ? बस्तिहरु खाली हुनथालेकाे पहाडबाट मानिसहरु पलायन हुन थालेकाेमा चिन्ता व्यक्त गर्दै जाेशीले अघाडी भने- पहाडका मानिसलाई पहाडमा नै राेक्न सक्ने कार्यक्रम कसैले ल्याउने हाेईनन् ।
डाेटीकाे सिलगढीमा स्थित स्थानिय टुडिखेलमा अभियानका क्रममा नेकपा एमाले डाेटीले आयाेजना गरेकाे कार्यक्रमलाई आज शुक्रबार उक्त पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले सम्वाेधन गरेका हुन् । कार्यक्रमलाई सम्वाेधन गर्दै अध्यक्ष ओलीले आफुलाई डाेटीकाे ईतिहासका बारेमा धेरै जानकारी भएकाे र केही डाेटी पुग्दा समेत थप भएकाेले डाेटीका विकाशका लागि आफू लाग्ने उनले बताएका छन् ।
उक्त पार्टीकाे केन्द्रीय पदाधिकारीहरु सहितकाे जम्वाे टिम डाेटी पुग्दा नेकपा एमाले डाेटीका अध्यक्ष तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य चक्रमल्लले डाेटीका समस्या र पार्टीले सम्वाेधनका लागि पहल गर्नु पर्ने विषय बुदागत रुपमा राख्दै अध्यक्ष ओलीलाई ज्ञापनपत्र दिएका थिए ।
पार्टीकाे केन्द्रिय अध्यक्ष डाेटी पुग्दा उनकाे स्वागतमा डाेटीका ९ स्थानिय तहकाे तर्फवाट पुर्व प्रधानमन्त्री ओलीलाई ९ किलाेकाे फुलकाे माला लगाईएकाे थियाे । अध्यक्ष ओली सहितकाे टाेली आज डाेटीमा नै बस्ने र भाेली अछामका लागि प्रस्थान गर्ने नेकपा एमाले डाेटी स्राेतले जानकारी दिएकाे छ ।











