मनमाेहन ठकुल्ला, डाेटी / नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण आफुहरुले गर्ने र उद्घाटन अरूलाई गर्न दिने भनी बताएका छन् ।
झुलाघाट- चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज शुक्रबार डाेटी जिल्ला सदरमुकाम सिलगढी स्थित टुडिखेलमा आयाेजित कार्यक्रमलाई सम्वाेधन गर्दै अध्यक्ष ओलीले त्यस्ताे बताएका हुन् । सम्वाेधनका क्रममा उनले वर्तमान सरकार मन्त्री हुने नीतिमा चलिरहेकाे आराेप लगाएका छन् ।
ठाउँ ठाउँमा भाैतिक निर्माण र विकासकाे कार्यहरु आफूहरुले गर्ने र आफुहरुले अघाडी बढाएका आयाेजनाहरु सम्पन्न भए पश्चात् विपक्ष पार्टीलाई उद्घाटन गर्न दिने बताएका हुन् । नेकपा एमालेले जस्ताे अन्य पार्टीहरुले विकास गर्न नसक्ने उनले दाबी गरे । उनले आफूले विकास गरेका स्थानमा अरूले उद्घाटन गर्दा आफ्ना पार्टी नेता र कार्यकर्तालाई बिराेध नगर्न आग्रह समेत गरे ।
सम्वाेधनका क्रममा २०५१ सालमा एमालेकाे अल्पमतकाे सरकार बनेपछि देशमा थुप्रै ऐतिहासिक काम गरेकाे उनले दावी गरे । “आफ्नाे गाउँ आफै बनाउन” अन्तर्गत गाउँगाउँमा पैसा पठाएर बिकास निर्माणका कार्य अगाडि बढाएकाे उनले बताए । त्यसैगरी अध्यक्ष ओलीले डाेटेली जनताका सम्पूर्ण समस्या सुनेर सरकारलाई सम्वाेधन गर्न दवाफ दिने बताए ।
अध्यक्ष ओलीले भने- ” नेपालकाे वर्तमान अबस्थालाई अझ अनेक ढंगले बिगार्ने काम अहिलेकाे सरकारले गरि रहेकाे छ । नेपाली जनताकाे हित, राष्ट्रकाे हितमा, राष्ट्रियताकाे हितमा याे सरकारले काम गर्न सकेकाे छैन । अहिलेकाे सरकार नसच्चिने पर्छ, अब पछाडि फक्रिन सकिँदैन ।”
काँग्रेस बाेकेर माओवादीले क्रान्ति गर्ने र माओवादीलाई काँधमा बाेकेर काँग्रेसले लाेकतन्त्र ल्याउने कुरा बेकारका कुरा भएकाे उनले बताएका छन् । ओलीले प्रश्न गरे- कसकाे नीतिमा चल्दैछ सरकार ? प्रचण्डकाे नीतिमा कि सेर बहादुरकाे नीतिमा ?
वर्तमान सरकारले नेपाली जनतामा अनेक प्रकारका भ्रम , अन्याैल सिर्जना गरेर सम्प्रदायीक, विद्वस्त फैलाउने तथा भड्काउने कार्य गरेकाे उनले आराेप लगाए । नेकपा फुटकाे कुरा स्मरण गर्दै उनले विपक्ष पार्टीले विभिन्न षड्यन्त्र गर्दा पनि संगठन जाेगाउने नेता कर्याकर्तालाई धन्यवाद ज्ञापन गरे । उनले भने – प्रचण्ड र माकुने षड्यन्त्रकारी हुन् । हुदा खादाकाे आफ्नै पार्टीकाे दुईतिहाईकाे सरकार ढाल्न लागे ।
मध्ये पहाडी भेगका जनतासँग भेटघाट गरेर जनताका समस्यालाई सुन्नु र सक्दाे सहयोग गर्नु अभियानकाे एक उदेश्य रहेकाे बताएका छन् । त्यसै गरी यसपाली झुलाघाट- चिवाभञ्ज्याङ सम्वृदिका लागि संकल्प यात्रा अन्तर्गत २ हजार किलोमिटर भन्दा वढीकाे यात्रा गरेर अध्ययन गर्ने अध्यक्ष ओलीले बताए ।











