सिलगढी / डाेटी जिल्लाकाे विकाशका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने अहिलेकाे आबश्यकता रहेकाे माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य शिव सिँ ओलीले बताएका छन् ।
नेकपा माओवादी केन्द्रले संचालन गरेकाे विशेष रुपान्तरण कार्यक्रममा अन्तरगत दिपायल सिलगढी नगरपालिका नगर संगठन कमिटीले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै ओलीले यस्ता बताएका हुन् ।
कार्यक्रमलाई सम्वाेधन गर्दै ओलीले भने – हामी अहिले पार्टीले संचालन गरेकाे ३ महिने विशेष रुपान्तरण अभियानमा छाै । हाम्राे पार्टी र त्याग र संघर्षका कारण स्थापित भएकाे गणतन्त्रलाई संस्थागत गर्दै डाेटी जिल्लाकाे विकासका लागि हामीले लाग्नु पर्ने समय आएकाे छ ।
ओलीले अघाडि भने- नगरकाे सडक सन्जाल , खानेपानी, कृषि, पशुपालन, का साथै भाैतिक पुर्वाधारकाे विकाश गर्दै हामी अघि बढ्नु पर्ने छ । यश जिल्लाकाे सामाजिक उत्थानका लागि समेत हामी कृयाशिल हुनु पर्ने छ । हिजाेकाे दिनमा कसले के गल्ति गर्याे भन्दा पनि गल्तिबाट पाठ सिक्दै सबै भन्दा पहिले आफैलाई रुपान्तरण गरि आफुलाई देश र जनताका लागि समर्पित गर्नु नै हाम्राे मुख्य उदेश्य हुनु पर्छ । अहिले हामी यहि अभियानमा छाै ।
नगर संगठनका अध्यक्ष असाेक साेपकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उक्त पार्टीका केन्द्रीय पाेलिटव्युराे सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा नगर स्तरका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम दिपायल सिलगढी नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे थियाे ।











