बैतडी / बैतडीमा नेपाली काँग्रेसमा आवद्ध तथा पूर्व उपमेयर र उनका पतिसहित नेकपा एकालेमा प्रवेश गरेका छन् ।
बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा बैतडीको पाटन नगरपालिका पूर्व उपप्रमुख( उपमेयर) सरस्वती काेली र नेपाल दलित संघको अध्यक्ष उनका पति रमेश काेलीले काँग्रेस छाेडी एमालेमा प्रवेश गरेका हुन् ।
साथै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा सरस्वती र उनका पति रमेशलाई पार्टीमा स्वागत गरिएकाे छ ।
सरस्वती २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी हुन् । साथै उनी काग्रेंसकी महाधिवेशन प्रतिनिधि पनि हुन् ।











