
काठमाडौ / नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने लाई कोरोना कोरोना संक्रमण भएको छ।
सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका हुन । सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि अहिले आफु सेल्फ आईसोलेनमा रहेको पनि जानकारी गराएका छन् ।

आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताउँदै उनले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको र स्वस्थ भएर चाँडै मैदान फर्किने बताएका छन् । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल पनि कोरोना संक्रमित भएका थिए ।