युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट एकएक गरि कार्यालय प्रमुखलाई कडा निर्देशन दिन थालेका छन् । विहिवार मालपाेत र यातायात प्रमुखलाई आफ्नै कार्यालयमा बाेलाई कडा रुपमा प्रस्तुत भएका मुख्यमन्त्री भट्टले शुक्रबार विद्युत प्रमुखकाे कडा निर्देशन दिएका हुन् ।

आफू मनखुशी गर्दै आएका कर्मचारीलाई ऐन नियममा रहि जनईच्छा अनुसार काम नहुने भनी विभिन्न कार्यालयकाे जनगुनासाे बढ्न थालेपछि कर्मचारीतन्त्र सुधारका लागी मुख्यमन्त्री भट्ट कडा रुपमा देखिन थालेका हुन् ।

मुख्यमन्त्रीले सुदुरपश्चिम बिद्युत कार्यालयका प्रदेश प्रमुखलाई नियमित विद्युतमा समस्या भएकाे, बर्षाै देखी पाेलगाडीएका स्थानमा विद्युत संचालन गर्न पहल नभएका, विना सुचना कर्मचारीकाे मनखुशी विद्युतलाई अनियमित हुने गरेकाे जनगुनासाे बढेकाे र त्यसका जवाफ जनतालाई आफुले दिनु पर्ने भएकाले त्यस्ता कार्यमा सुधार ल्याउन कडा निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री भट्टले भने- ‘काम कारवाहीमा कुनै गतिराेध वा समस्या भए प्रदेश सरकारसँग समन्वय गर्न आउनु तर, जनताकाे काममा ढिलासुस्ति सह्य्य हुनेछैन। पाेल गाडेकाे २/३ वर्षसम्म बिजुली बलेन भनेर कञ्चनपुर कृष्णपुरका जनताले हामीलाई भन्दै आएका छन् । यस्तै डाेटी, डडेल्धुरा, बझाङ, बाजुराका जनताकाे गुनासाे छ । यसमा जनताकाे माग कहिले र कसरी सम्बाेधन हुन्छ ? मुख्यमन्त्री भट्टकाे प्रश्न थियाे जनताकाे नजिकाे सरकार भएकाले हामीले के जफाव दिने ?”

भट्टले अघाढी भने, “कर्मचारी तपाई संघीय सरकारकाे मातहत भएपनि तपाईका सेवाग्राही यस प्रदेश अन्तरगतका हुन् ।” भट्ट कार्यालयमा कार्य सम्पादनमा कुनै समस्या भए आफुहरु सहयाेग गर्न तयार रहेकाे बताउदै प्रदेश सरकारसँग समन्वय गरेर जनताकाे काम सहजरुपमा सम्पादन गर्न समेत निर्देशन दिएका हुन् । पछिल्लाे समय नेपाल विद्युत प्राधिकरणकाे कार्यशैलीलाई लिएर व्यापक जनगुनासाे देखिन थालेकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय