युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयलको भ्रमणस“गै एकाएक रोकिएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले आगामी पुस ४ गते शनिबार विवाह पञ्चमीका दिन नयाँ नगरपालिकाको रूपमा ‘अयोध्या नगरपालिका’ र विशाल राम मन्दिर तथा उद्यान निर्माणको घोषणा गर्ने कार्यक्रम थियो ।

यसको डिजाइन र नक्सा अन्तिम चरणमा पुगेपछि झण्डै १२ अर्ब रूपैयाँ बजेट छुट्याउने कामसमेत अघि बढेको बताइन्छ । तर सामन्तसँगको भेटपछि ती सबै कागजात र प्रक्रियालाई अहिले एकाएक सरकारी दराजमा थन्काइएको छ । तयार नक्सा र डिजाइनको शीर्षकमा ‘प्रोजेक्टः श्री राम मन्दिर’ उल्लेख छ । उक्त नक्सा र डिजाइन काठमाडौं, हात्तिसारस्थित डेकोर स्टुडियोले तयार पारेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा चितवनको ठोरीस्थित अयोध्यापुरी नै रामको वास्तविक जन्मस्थान भएको बताएपछि सर्वत्र तरंग फैलिएको थियो । उत्तर प्रदेशस्थित अयोध्यालाई भारतले राम जन्मभूमि मान्दै आएको सन्दर्भमा प्रधानमन्त्रीको भनाइ धार्मिक वृत्तमा विवादास्पद समेत बनेको थियो । उक्त अभिव्यक्तिलाई भारतले औपचारिक रूपमा सामान्य भनेपनि अनौपचारिक ढंगले गम्भीर आपत्तिको रूपमा लिएको थियो ।

उक्त घटनाक्रमको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले घोषणा गर्न लागेको अयोध्या नगरपालिका र निर्माण गर्न खोजेको राम मन्दिरलाई भारतको संस्थापन पक्षले आफूहरूसँग निहुँ खोजेको अर्थमा लिएको थियो । भारतसँग सम्बन्ध सुध्रिन थालेपछि प्रधानमन्त्री नयाँ नगरपालिका घोषणा र महत्वाकांक्षी राम मन्दिर निर्माणको योजनाबाट एक्कासी पछि हट्नुभएको बताइन्छ ।

यसैबीच भूतपूर्व सेनापति राजेन्द्र क्षेत्रीले समेत ठोरी क्षेत्रको भ्रमण गरेका छन् । यो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी क्षेत्र हो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय