डाेटी / धनगढी देखि अछामका लागि हिडेकाे यात्रु वहाक जिप डाेटीकाे पुर्बीचौकी गाउँपालिका वडा नं. १ मा दुर्घटना भएकाे छ ।
जिप दुर्घटना हुदाँ १२ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक कर्ण वहादुर बाेहराले बताएका छन् । काेराेना कहरका कारण भारत घर फर्किएका व्यक्तिहरु बाेकी हिडेकाे से १ ज १०६६ नम्बरको जीप दुर्घटना भएकाे हाे ।
जिप सडकदेखि अन्दाजी १०० मिटर तल खसेको प्रहरी निरिक्षक बोहराले बताए । प्रहरी घटना स्थल पुगेकाे र उद्धार कार्य जारी उद्धार प्रहरीले जनाएकाे छ ।