मनमाेहन ठकुल्ला
सिलगढी,
सुदुरपश्चिम प्रदेश डाेटी जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी जात्रा यहीँ मंसिर ११ गते हुने भएकाे छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको हुने जात्रा यस वर्ष मलमासकाे कारणले ढिलाे हुन गई मंसिर ११ गते कार्तिक स्नान समाप्ति तथा पूर्णिमाका दिन हुने शैलेश्वरी क्षेत्र विकास समितिले जानकारी दिएकाे छ ।
पूर्णिमाका दिन भगवतीकाे गाज चल्ने भएपनि कार्तिक १० गते चतुर्दशीका दिन शिव बैकुण्ठकाे विशेष पूजा गरिने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताउनु भयाे । भगवतीकाे गाज सधैँकाे वर्ष झैँ यसवर्ष पनि गाेधुलिकाे समयमा चल्ने भएकाे छ ।
अनादिकाल देखि चल्दै उक्त पूजालाई दशैँ तिहारकाे भन्दा मुख्य रूपले हेरिदै आएकाे अध्यक्ष भट्टले बताउनु भएकाे छ । धामी गाँउ र सिल गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु हने जानकारी दिएकाे छ । शैलेश्वरीले पाैराणिक महत्त्व बाेकेकाे भएकाले विश्व कल्याणकाे लागि जात्रा हुँदै आएकाे बताउनु भयाे ।
त्यसैगरी मेला अवधिभर जाँडरक्सी बन्द गर्न सम्बन्धित सराेकारवाला व्यक्तिहरूलाई सुचनामार्फत जानकारी गराएकाे अध्यक्ष भट्टले बताउनु भएकाे छ । जात्रामा सुरक्षा व्यवस्थालाई कडाइ गर्न प्रहरी कार्यालयलाई समेत पत्र पठाएकाे बताएको छ ।











