मनमाेहन ठकुल्ला
सिलगढी,
राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले घरदैलाे अभियान सुरू गरेकाे छ । पार्टीको केद्रिय समिति र संसदीय दलकाे देशभर घरदैलाे अभियान गर्न निर्देशन दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समन्वय समिति डाेटीले पनि घरदैलाे अभियानलाई सुरू गरेकाे पार्टीले जानकारी दिएकाे छ ।
२०७९ सालकाे निर्वाचनमा भागलिएका प्रत्यक्ष उमेदवार तथा समानुपातिक उमेदवार पार्टी नेताहरूलाई उक्त अभियान चाल्न केन्द्रीय समितिले निर्देश दिएसँगै डाेटीमा पनि घरदैलाे अभियान सुरू गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयाेजक केशब बलायरले जानकारी दिएकाे छ ।
नेता चुनावकाे बेलामात्र जनताकाे घरदैलाेमा पुग्ने परिपाटीकाे अन्त्य गर्न देशैभर अभियान सञ्चालन भैरहेको बताएकाे छ । उक्त घर दैलाे अभियान मंसिर २ गते देखि ४ गतेसम्म हुनेभएको छ ।
पार्टीले उक्त घर दैलाे अभियानमा आफ्ना कमीकमजोरीकाे सुझाव बटुल्दै, स्थानीय क्षेत्रमा हुँदै गरेका गतिविधि समेट्दै अगाडि बढ्ने पार्टी संयाेजक बलायरले बताएकाे छ ।
पार्टीले आन्तरिक बैठक बसेर निणर्य गरेबमोजिम् आदर्श गाउँपालीका, सायल गाउँपालीका र दिपायल सिलगढी नगरपालीकाका लागी नरेन्द्र खड्का र धन बहादुर बोहोरालाइ जिम्मेवारी सुम्पिएकाे छ भने शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालीकाको जिम्मेवारी जिल्ला संयोजक केशब बलायरलाई दिइएकाे छ । त्यस्तै जोरायल गाउँपालिका निराजन विष्टलाई र विशाल ताडीलार्ई बडिकेदार गाउँपालिकामा जिम्मेवारी दिइएको छ ।
मिन बहादुर धामीलाई केआई सिंह गाउँपालीका र बोगटान फुड्सिल गाउँपालिकाको जिम्मेवारी सुम्पिएकाे पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ ।











