अछाम: अछाम जिल्लाकाे पञ्चदेवल बिनायक नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुखकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान ब्ल्ड क्यान्सर बाट ग्रसित भावना शर्माको निधन भएको साेही नगरपालिकाले जनाएकाे छ । उनको उपचारको क्रममा ब्लड अस्पतालमा निधन भएको हाे ।
उनी साेही नगरपालिकामा बिगत ५ वर्ष देखि कार्यरत थिइन् । उनका श्रीमान र एक छोरा छन् । उनकाे दु:खद निधनले सिङ्गो नगरपालिका शाेकमा डुबेकाे नगरपालिकाले जानकारी दिएकाे छ ।











