
डाेटी / डाेटीमा अरिङ्गालकाे टाेकाईबाट मृत्यु भएका दुई घटना सेलाउन नपाउदै फेरि एक १३ बर्षिया बालिकाकाे अरिङ्गालकाे टाेकाईबाट ज्यान गएकाे समाचार बाहिर आएकाे छ।
अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेकी १३ बर्षिया छोरी अतिथि गैह्रेको ज्यान गएको हो ।

अरिङ्गालकाे टाेकाई पछि घाईते भएकी अतिथीकाे सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको बताईएकाे छ । माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा घर नजिकैको रुखमा रहेको अरिङ्गालले उनलाई टाेकेको थियाे ।
अतिथिकाे मृत्युमा नेकपाका पार्टी प्रबक्ता नारायण काजी श्रेष्ठले दुख व्यक्त गरेका छन् । श्रेष्ठले टुईट गर्दै भनेका छन्, “हाम्रो पार्टीको स्याङ्जा जिल्ला कमिटीका अध्यक्ष क• सुर्य गैरे पारसको छोरीको अरिङ्गालले टोकेर दुःखद निधन भएको खबर सुन्दा ज्यादै मर्माहत भएको छु । प्रिय छोरी प्रति हार्दिक श्रध्दाञ्जली ब्यक्त गर्दछु र क• पारस सहित सम्पूर्ण शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।”