टेक स्मृति चन्द डोटी / नोभेल कोरोना भाईरस कोभिड १९ मा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई बोगटान फुड्सिल गाउँपालिकाले मास्क र सेनिटाईजर प्रदान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले नेपाल प्रहरीलाई एक हजार थान मास्क, १० बोटल सेनिटाईजर, शशस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेलाई एक हजार थान मास्क र १० बोटल सेनिटाईजर, प्रेस संगठन डोटीलाई ५०० मास्क र जिल्ला प्रशासन कार्यालय डोटीलाई ३०० प्रति मास्क र सेनिटाईजर हस्तान्तरण गरिएको हो । संकटको समयमा काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताउनु भएको छ ।
शसस्त्र प्रहरी वललाई पहिलोपटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको शशस्त्र प्रहरीबल जोगीडाब्रेले जानकारी दिएको छ । प्रहरीको मूल्यांकन गरेर यसरी प्राप्त हुने सहयोगले प्रहरीलाई उत्साहित बनाएको जिल्ला प्रहरी कार्यालय डोटीका ईन्सपेक्टर कर्णबहादुर बोहराले बताउनु भएको छ । दशैँ तिहारलाई लक्षित गर्दै गाउँपालिकामा दोस्रो चरणमा मास्क बितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जानकारी दिएको छ ।