
दमक / घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिका–२ थापागाउँमा एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार राति ९ बजे परियारको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको हो ।
आगोले ग्यास सिलिन्डर पड्किँदा घरभित्र रहेकी बालिकाको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले जानकारी दिए । आगोले घर पूरै नष्ट भएको छ ।