
काठमाडौं / रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणकालागि खुल्ला गरिएको छ।
दिदीबहिनी र दाजुभाई नहुनेहरूले यस मन्दिरमा भाइटिकाको दिन टीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।

२०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको रानीपोखरी एवंम् बालगोपालेश्वर मन्दिर राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ५ गते उदघाटन गर्नु भएको थियो।
प्रताप मल्लको पालामा ग्रन्थकुट शैलैमा बनाइएको रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ ।