डोटी / नेकपा सुुदूरपश्चिम प्रदेश कमिटीका नेता गणेश दत्त भट्टले जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा स्थानियबासीन्दाको जनश्रममा निर्माण हुन लागेको भगवति मन्दिर निर्माण कार्यका लागी आर्थिक सहयोग गरेका छन् ।
४ नम्वर वडाको कुमालीकोट गोदामा निर्माण हुन थालेको भगवती मन्दिरका लागी समाजसेवी समेत रहेका भट्टले ११ हजार ५ सय ५५ रुपैया सहयोग गरेको मन्दिर निर्माण समितिले जनाएको छ । समाजसेवी भट्टले उक्त रकम मन्दिर निर्माण तथा व्यवस्थापन समितिको नाममा राष्ट्रिय वाणिज्य बैक दिपालय शाखाको खाता नं. ४३००१००१००९०८००१ मा जम्मा गरेका हुन् ।
पछिल्लो समय डोटीमा सामाजिक संजाल मार्फत सहयोग आब्हान गरि सामाजिक कार्य गर्ने परिपाटिको सुरुवात भएको जस्तै देखीन्छ । भट्टले मन्दिर निर्माणका लागी आफुले सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । यस भन्दा पहिले पनि समाजसेवी भट्टले कोरोना कहरबाट समस्यामा परेका श्रमिक महिलाहरुलाई आर्थिक सहयोग गरेका थिए भने स्थानिय तहहरुले स्थापना गरेका राहत कोषमा खाद्यान्न समेत सहयोग गरेका थिए ।