
काठमाण्डाै / हिन्दुहरुकाे दाेस्राे ठुलाे चाड तिहारकाे महत्वकाे रुपमा लिईने लक्ष्मी पुजाका दिनमा नै लक्ष्मीकाे रुप मानीने छाेरी र श्रीमती माथी एउटा नै एक पुरुष एसिड प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरिएकाे छ । साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ। एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ।