युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाण्डाै / कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले उपचाररत डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने घोषणा गरेलगत्तै डा.केसीले विज्ञप्ति जारी गरी आफूलाई होइन, नागरिकलाई हेर्न सल्लाह दिएका हुन्।

‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्य लाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, डा. केसीले शनिबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैं बेहार्छु, बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

डा. केसीले कोरोनाबाट संक्रमित विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।’

साथै डा. केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन भएको भए यतिबेला देशका सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र नागरिकले कोरोना साथसाथै सबै रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अवस्था भइसक्थ्यो पनि भनेका छन्।  नागरिकमा याे समाचार छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय