
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित भई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।
कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
डा. केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनकाे श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।